२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिराले तनहुँमा १५६ घरपरिवार विस्थापित

अ+ अ-

तनहुँ । बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् ।

असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिराका कारण ती घरपरिवार विस्थापित भएका हुन् । सयौ घरमा क्षति पुगेको छ । तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ ।

म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन् । उनीहरु मध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ । गाउँपालिका–६ का १५ वर्षीया लक्ष्मी विकको पहिराले पुरिएर ज्यान गएको थियो । पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन् । पहिराले ३० घरमा आँशिक क्षति पुगेकोे गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् । उनले भने, ‘पुर्ण रुपमा घर क्षति भएकालाई रु.३० हजार र राहत दिइएको छ ।’

पहिराले उच्च जोखिम र आँशिक क्षति पुगेकालाई रु।दश हजार र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार प्रदान गरिएको छ । यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन् । मानवीय क्षति नभएपनि फलफूल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन् । शुक्लागण्डकीको बाह्र मध्ये २,४,५ र ८ वडामा पहिराले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए । नगरपालिकामा मानवीय क्षति नभएपनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिराले पु र्‍याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । त्यसैगरी भानुनगरपालिकाको वडा नं २ र ३ मा गरी १० घरपरिवार पहिराको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन् ।

आँबुखैरेनी गाउँपालिमा सात घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । वडा नं १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । त्यसैगरी व्यासनगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन् ।

करिब ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले जानकारी दिए । उनले भने, ‘यस नगरपालिकामा पहिरामा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।’ऋषिङ गाउँपालिकामा-६ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । उक्त वडाको ऋषिङ-८ भैसीकिली निवासी अम्बरबहादुर थापाको पाँच जनाको पहिरामा परेर मृत्यु भएको थियो । त्यसैगरी भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले ती घर परिवार विस्थापित भएको बताए।

प्रतिक्रिया दिनुहोस