२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिमन १ लाख ३० हजार सम्म बिक्रि हुने अलैँची २० हजारमा किनबेच, किसान चिन्तित

अ+ अ-

मङ्गलबारे । कुनै बेला एक लाख प्रतिमन बिक्री भएको अलैँचीको मूल्य निरन्तर ओरालो लागेको छ ।

पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारले बिक्री भएको अलैँची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो । देशमा नै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला इलाम नै हो तर यहाँ जति अलैँची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।

जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा रहेको अलैँची भए पनि यस खेतीसँग लाग्ने किसानमा निराशा पैदा भएको छ ।

अलैँचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका कारण अलैँची बिक्दैन कि भन्ने चिन्तासमेत बढ्न थालेको छ । खोला, खोल्सामा उत्पादन हुने अलैँचीलाई खोल्सीको कालो सुन भनेर चिनिने अलैँची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा बिकेको वस्तु निरन्तर ओरालो लागेपछि स्थानीयवासी चिन्तित भएका हुन् । दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढे पनि अलैँचीको भाउ घटेपछि चिन्ता बढेको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताए । उनको बगानमा अलैँची बढ्न थालेपछि भाउ घटेपछि जुन जोसका साथ अलैँची लगाइएको थियो त्यो जोस हराउँदै गएको छ ।

विश्व बजारमा सुनको भाउ बढ्दा अलैँचीको भाउ पनि बढ्ने गरेको थियो । हाल २० देखि २२ हजारसम्म प्रतिमन अलैँची किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।

साउन अन्तिमदेखि अलैँचीको याम शुरु हुन्छ । तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैँची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैँची टिप्ने गरिन्छ । पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैँची लाएका छन् । निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोख्रेलले बताए । भाउमा एकरुपता रहे खासै गाह्रो नभएपछि एकाएक गर्दै बर्सेनी भाउ ओरालो लागेपछि चिन्ता छाएको किसानको भनाइ छ ।

भाउ घट्ने गरेकाले किसानमात्र हैन व्यापारीसमेत चिन्तित हुने गरेका छन् । किसानले पाँच वर्षअघि सलकपुरे, भार्लाङलगायत जातका अलैँची टाढाटाढाबाट खरिद गरिल्याएका थिए । प्रतिसरा रु १० देखि १५ का दरले किनेर रोपेको अलैँची केही मरिसकेको छ भने केही बाँकी रहे पनि उत्पादन दिन छोडेको किसानको भनाइ छ ।

वर्षभरि घरखर्च चलाउने, छोराछोरीलाई निजी विद्यालयमा पढाउन पनि एक मन अलैँचीले नै पुग्ने गरेको भए पनि हाल छ मन बेच्दा पनि छ वर्ष अघिको एक मन अलैँचीको दाम नभेटाइने गरेको किसानको भनाइ छ । सरकारले पनि अलैँची किसानलाई सिँचाइका लागि पाइप, हिउँदमा तुसारोबाट जोगाउनका लागि केही सहयोग गर्नुपर्ने किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस