१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समुदायस्तरमा सङ्क्रमण फैलन नदिने महानगरपालिकाको तयारी

अ+ अ-

विराटनगर । कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणमा लिएको थियो ।

अहिले प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोना सङ्क्रमितमध्ये २०७७ साउन १४ गते बेलुका मोरङकै एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।

यहाँ सङ्क्रमित भएकाभन्दा उपचार गरेर घर फर्कनेको अनुपात निकै सन्तोषजनक रहेकै कारण प्रदेश १ मा शनिबारसम्ममा ७८९ जना निको भएर घर फर्किएका छन् । तथापि कोरोनाको भय र त्रास अझै मानिसमा कायम नै छ । यसलाई नियन्त्रण, रोकथाम र उपचारका लागि नेपाल सरकारले गएको चैत ११ गतेबाट शुरु गरेको बन्दाबन्दी साउनमा हटाइएको छ भने यसलाई स्थानीय तहले निरन्तरता दिने भएका छन् ।

समुदायमा फैलिए नियन्त्रण गर्न समस्या हुने र स्थिति भयावह बन्ने भएकाले नै स्थानीय तहले बन्दाबन्दी नभनी अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल पनि गरेका छन् । समुदायस्तरमै कोरोना सङ्क्रमणको जोखिम बढेसँगै विराटनगर महानगरले थप तदारुकता देखाएसँगै नगरक्षेत्रमा रहेका सबै संयन्त्रको परिचालनमा महानगर जुटेको छ । बिहीबार विराटनगरमा रहेका सबै हस्पिटल तथा नर्सिङ होमका सञ्चालकसँग महानगरले सुझाव लिनुका साथै थप नयाँ रणनीति तय गरेको छ ।

कोरोना सङ्क्रमण समुदायसम्म नपुगोस् भनेर अधितम सतर्कता अपनाउने निर्णय भएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए। विराटनगरका अस्पताल तथा नर्सिङहोमका सञ्चालक तथा व्यवस्थापकसहितको बैठक उपलब्धिमूलक भएको प्रमुख पराजुलीको भनाइ छ । यससँगै कोरोना सङ्क्रमण नियन्त्रणका लागि महानगरले स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सञ्चालकको समन्वयमा उच्च स्तरीय चारवटा समितिसमेत बनाएको छ ।

जसअन्तर्गत डा.हेमसागर रिमालको संयोजकत्वमा होमक्वारेन्टिन समिति, डा.सुशील तपडियाको संयोजकत्वमा पिसिआर ल्याब स्थापना समिति, अर्चाना पोखरेलको संयोजकत्वमा मनोपरामर्श समिति र डा.सूर्य पराजुलीको संयोजकत्वमा कन्ट्रयाक ट्रेसिङ समिति बनाएको छ । समितिमा रहेका पदाधिकारी तथा सदस्यले कोरोना सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस्तै बैठकले विराटनगरका सबै अस्पताल तथा नर्सिङहोममा कार्यरत प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई कोरोना सङ्क्रमण भए आ आफ्ना अस्पतालमै व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । दीर्घकालीन योजनाका साथ अघि बढिरहेको विराटनगर महानगरपालिकाले कोरोनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न अधिकतम प्रयास एवम् पहल गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस