५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा सङ्क्रमित भएकै क्षेत्रमा नमूना परीक्षण

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड-१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक सङ्क्रमित फेला परिरहेका छन् ।

दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्रमित देखिएका छन् त्यही गएर नमूना सङ्कलनको कार्यलाई इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीव्रता दिएको छ । महाशाखाले पहिले उपत्यकामा समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर परीक्षण गरेकोमा अहिले जुन ठाउँमा सङ्क्रमित देखिएका छन् त्यहीँ ठाउँमा गएर नमूना सङ्कलन गरिने महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

उपत्यकामा अहिलेसम्म ५७३ जनामा सङ्क्रमण देखिएको छ । साउन १४ गते ९बुधबार० २०, साउन १३ गते ५९ र साउन १२ गते ७ जनामा सङ्क्रमण देखिएको छ । नेपाली सेनामा ७९, नेपाल प्रहरी २०६ र सशस्त्र प्रहरीमा ९३ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि उपत्यकामा कोभिड-१९ को सङ्क्रमण समुदायमा छ वा छैन भनेर पाँच हजार जनामा परीक्षण गर्दा तीन जनामा मात्र सङ्क्रमण देखिएको थियो । उनका अनुसार सङ्क्रमित भेटिएका ठाउँमा गई परीक्षणका लागि नमूना सङ्कलन गरिन थालेको उनले बताए ।

‘पहिले समुदायमा सङ्क्रमण छ भनेर भीडभाड हुने कार्यालयमा गएर परीक्षण गरेका थियौ, तर त्यतिबेला परीक्षण गर्दा न्यून मानिसमा सङ्क्रमण थियो’, उनले भने,’अहिले परीक्षण गर्दा हामीले जुन ठाउँमा सङ्क्रमित फेला पर्दछन्, सोही ठाउँमा गएर कन्टयाक्ट ट्रेसिङ गरेर बढी भन्दा बढी सङ्क्रमितका नजिकमा मानिसको नमूना परीक्षणका लागि स्वाव सङ्कलन गर्न थालेका छौ ।’

महाशाखाले आज ज्ञानेश्वर र मैतीदेवी क्षेत्रका २०० जना र तिलगङ्गा आँखा अस्पतालका २० जना स्वास्थ्यकर्मीको नमूना सङ्कलन गर्न लागेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।

उहाँले तिलगङ्गामा उपचार गराउन आएका एक जना बिरामीमा सङ्क्रमण भेटिएपछि ती सङ्क्रमितको कन्टयाक्ट टे«सिङ गर्दा उक्त ठाउँका मानिसमा परीक्षणका लागि नमूना सङ्कलन गर्न थालिएको बताए । बुधबार कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले सिंहदरबारभित्र फोहर सङ्कलन र चमेना गृहमा खटिने ५०८ जना कर्मचारीको नमूना सङ्कलन गरेको थियो ।

यस्तै शुक्रबार कालीमाटीस्थित तरकारी बजारमा तरकारी पसलमा काम गर्ने १०५ कर्मचारीको परीक्षणका लागि नमूना सङ्कलन गरिने छ ।

नमूना परीक्षणका लागि निवेदन

उपत्यकामा रहेको सरकारी र गैरसरकारी संस्थाले नमूना परीक्षणका लागि महाशाखामा निवेदन दिने गरेका छन् । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले २० भन्दा बढी सङ्घ संस्थाले आफ्ना कर्मचारीको नमूना परीक्षणका लागि निवेदन दिएको बताए ।

उनका अनुसार सरकारी कार्यालय, बैंक, खेलकूद सङ्घ, उद्योग प्रतिष्ठानले परीक्षणका लागि निवेदन दिएका छन् । अहिले २९ प्रयोगशालाबाट तीन लाख ५८ हजार ३४४ जनाको नमूना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा १९ हजार २७३ जना सङ्क्रमित रहेकोमा १४ हजार २१ जना पूर्ण रुपमा निको भइसकेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस