२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको चेङ्दुस्थित वाणिज्य दूतावास छोड्दै अमेरिका

अ+ अ-

एजेन्सी । अमेरिकाले चीनको चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास खाली गर्न लागेको छ । चीनको दक्षिण–पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कूटनीतिज्ञहरू त्यहाँबाट बाहिरिएका छन् ।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले पनि अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न निर्देशन दिएको हो ।

चेङ्दुको अमेरिकी वाणिज्य दूतावास कहिले बन्द हुन्छ भन्नेबारे भने अझै स्पष्ट भइनसकेको जनाइएको छ । तर दूतावासमा राखिएका प्रतीक तथा निसान हटाउन थालिएको समाचार संस्था एएफपीले जनाएको छ । दूतावास परिसरमा हाल अमेरिकी झन्डा मात्र छ । शनिबार अपराह्न तीनवटा ट्रक दूतावास परिसरमा प्रवेश गरेका थिए । भवनबाट ठुल्ठूला प्लास्टिक ब्यागमा सामान बिहानैपख फालिएका थिए । फुटेका प्लास्टिक ब्यागभित्र कागजातहरू देखिएको एएफपीका समाचारदाताले जनाएका छन् ।

बेइजिङले चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्नु चीनका लागि वैधानिक र अत्यावश्यक कार्य रहेको प्रतिक्रिया दिइसकेको छ । चेङ्दुस्थित कूटनीतिक नियोगले आफ्नो देशको राष्ट्रिय सुरक्षा र सरोकारमाथि खतरा उत्पन्न गराएको बेइजिङको आरोप छ ।

त्यस्तै अमेरिकी अधिकारीहरूले पनि ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासका गतिविधि शंकास्पद रहेको आरोप लगाएका छन् । ह्युस्टन नियोगले अमेरिकी कर्पोरेट गोपनीयताका साथै स्वास्थ्य र वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित सूचना चोरी गरेको दाबी गरेको छ ।

अमेरिकाले ह्युस्टन नियोग ७२ घण्टाभित्र बन्द गर्न आदेश दिएसँगै शुक्रबारभित्र नियोगको कार्यालय बन्द भएको छ भने त्यहाँबाट सबै कर्मचारीले कार्यालय छाडेको जनाइएको छ । बेइजिङले अमेरिकी गुप्तचर निकायका व्यक्तिहरू ह्युस्टन नियोगभित्र जबर्जस्ती प्रवेश गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ह्युस्टन नियोग अन्तर्राष्ट्रिय कानुनबमोजिम स्थापना भएको र यो चिनियाँ सम्पत्ति रहेको उल्लेख छ ।

चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै आफ्नो निर्देशनलाई ‘अमेरिकाको अनुचित कार्यको प्रतिक्रिया’ का रूपमा व्याख्या गरेको छ । मन्त्रालयका अनुसार चीनको उक्त कदम उचित र आवश्यक हो ।

त्यसैगरी पछिल्लो समय चीनले ‘जस्तालाई तस्तै’ निर्णय गर्नुका पछि अमेरिका जिम्मेवार रहेको दाबी मन्त्रालयले जनाएको छ । ‘दुई देशबीचको हालको अवस्था चीनले हेर्न चाहेको होइन र यसका लागि अमेरिका सम्पूर्ण रूपले जिम्मेवार छ,‘ वक्तव्यमा भनिएको छ ।

यसअघि विदेश मन्त्रलायका प्रवक्ताले अमेरिकालाई उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रहसमेत गरेका थिए । अमेरिका उक्त निर्णयप्रति अडिग रहे चीनले पनि उस्तै प्रतिक्रिया दिने प्रवक्ता वाङ वेनबिनले चेतावनीसमेत दिएका थिए । अमेरिकी निर्णय ‘निकै अपमानजनक र अन्यायपूर्ण भएको’ वाङको भनाइ थियो । चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको थियो । दूतावासमा २ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको बीबीसीले जनाएको छ ।

उक्त दूतावास तिब्बतसँग नजिक भएका कारण रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिँदै आएको थियो । पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्ध निकै तनावपूर्ण बन्दै गएको छ । दुई देशबीच व्यापार, बौद्धिक सम्पत्ति, कोरोना भाइरसलगायत विषयमा गम्भीर मतभेद छ । त्यसमाथि पछिल्लो समय हङकङ मुद्दाका कारण दुई देशबीचको सम्बन्ध थप चर्केको छ ।

दुई साताअघि चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन जारी गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रूपमा फैलिनुमा चीन जिम्मेवार रहेको आरोप लगाएका थिए । त्यस्तै चीनका व्यापारिक प्रतिष्ठानले अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस