२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा कोरोना सङ्क्रमण फैलन नदिन अत्यावश्यकबाहेका सबै सेवा बन्द

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्थगित गर्ने भएको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आज बसेको नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापनप, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय गरेको हो ।

बैठकले नगरक्षेत्रभित्र सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवं सुरक्षामा आवश्यक कडाइ गरिने भएको छ । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल एवं सुझावअनुसार नगरभित्र थप कडाइ गर्ने निर्णय गरिएको हो । बैठकले भारतीय सीमावर्ती क्षेत्रबाट अवैध आगमनलाई नियन्त्रण गर्ने, सिटी रिक्सा सवारीमा सामाजिक दूरी कायम गर्ने, चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम राख्नुपर्ने निर्णय गरिएको छ ।

यसैगरी अन्य निर्णयहरुमा भीडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने, पिसिआर परीक्षणको दायरा बढाउन थप पहल गर्ने, क्वारेन्टिन स्थल थप गर्ने, आइसोलेशनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने, आकस्मिक स्वास्थ्य सुरक्षामा थप ध्यान दिनाका साथै सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए।

कोरोना भाइरसको सङ्क्रमणबाट सतर्क रहन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरिने प्रमुख पराजुलीले बताए । नगरभित्र केही समस्या परेको खण्डमा नजीकैको वडा कार्यालयका पदाधिकारी या महानगरको स्वास्थ्य शाखासँग समन्वय गर्न महानगरले आग्रह गरेको छ ।

मोरङमा २२ जनामा सङ्क्रमण देखियो

प्रदेश नं १ मा आज ३१ जनामा सङ्कमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा सङ्क्रमण देखिएको छ । मोरङको विराटनगरका तीन महिलासहित २२, इलामको इलाम नगरपालिकामा आठ र माईमा एक जनामा पोजेटिभ देखिएको छ ।

प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ९२२ पुगेको छ । यस्तै प्रदेशमा आज १२ जना सङ्क्रमितहरु निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत आठ महिलासहित १२ जना घर फर्केका छन् । प्रदेशमा निको भई घर फर्कने सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ ।रासस

प्रतिक्रिया दिनुहोस