७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बनको बस चल्यो

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको बस सञ्चालनमा आएको छ ।

दशकौँदेखि एकीकृत परिबहन सेवा अन्तर्गत सञ्चालन हुँदै आएकोमा विविध कारण देखाउँदै केही महिना अघि बन्द गरिएको बा १ ग २२३४ नम्बरको बस कर्मचारीको दबाबपछि पुनः सञ्चालनमा आएको हो ।

करिब एक दशकअघि सरकारले गरेको निर्णयलाई मन्त्रालयले लत्त्याएको विषयमा गत बिहीबार प्रशासन डटकमले समाचार प्रकाशन गरेको थियो । सो समाचारमा सचिव विश्वनाथ ओलीले गरेको प्रतिवद्धताअनुशार बुधवार(हिजो)देखि बस नियमित रूपमा सञ्चालनमा आएको हो ।

सम्बन्धित समाचार : जब गृहका चालकले बन सचिवलाई भने -यो त निर्णय भएको कुरा हो श्रीमान् !

सरकारी तथा सवारी चालक एसोसिएसन, विभागीय कार्यसमिति गृह मन्त्रालयका पदाधिकारीसहित मन्त्रालयका कर्मचाहरुको टोलीलाई सचिव ओलीले केही दिनमै बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । बस सञ्चालन नहुँदा सयौँ कर्मचारीले सास्ती भइरहेको भन्दै कर्मचारीहरू डेलिगेसनसहित सचिवकोमा पुगेका थिए ।

बस सञ्चालन भएकोमा कर्मचारीहरूले सचिवलगायत मन्त्रालयलाई कर्मचारीहरूले धन्यवाद दिएका छन् । हामी कर्मचारीको पीर मर्का बुझी दिएकोमा श्रीमान् सचिवज्यूलगायत बन मन्त्रालयप्रति आभार व्यक्त गर्दछौँ, एक कर्मचारीले भने, ‘यससँगै कार्यालय आउन र फर्किन धेरै सहज भयो’

सरकारी तथा सवारी चालक एसोसिएसन, विभागीय कार्यसमिति गृह मन्त्रालयका अध्यष ताराप्रसाद अर्यालले सवारी सुविधा नपाउने खास गरी निम्न दर्जाका कर्मचारीको गुनासो सम्बोधन भएकोमा सचिव र मन्त्रालयलाई धन्यवाद दिएका छन् ।

आफ्ना माग राख्ने क्रममा श्रीमान् सचिवज्यूसँग चर्को बोलियो होला, त्यसकालागि माफी माग्दछु उनले भने, प्रतिवद्धताअनुशार नै बस सञ्चालन गर्नुभएको छ, यसमा धेरै खुसी छौँ ।

बस सञ्चालनमा ल्याएर मन्त्रालयको आफ्नो दायित्व पुरा गरेको भए पनि दिगो रूपमा सञ्चालन गर्न र एकरुपकता ल्याउन सामान्य प्रशासन मन्त्रालयले एकिकृतरुपमा चलाइदेओस् भन्ने रहेको मन्त्रालयका उपसचिव वासुदेव रेग्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस