६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उर्लंदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन

अ+ अ-

महेन्द्रनगर । उर्लंदो भेलको प्रवाह नगरी भीमदत्तनगरपालिका–१३ का आशीष बुढा महाकाली नदीमा जोखिम मोलेर काठ र दाउरा सङ्कलन गर्न थालेको तीन दिन भइसक्यो ।

बर्सातका बेला उर्लिने महाकाली नदीमा ट्युबको सहारामा ज्यानको पर्वाह नगरी दाउरा सङ्कलन गरेर हिउँदभरिका लागि खाना पकाउने दाउरा हुने गरेको बुढाको भनाइ छ । ‘दुई दिनमा १ हजार ४ सय जतिको दाउरा पनि किनारमै राखेर बिक्री गरेँ’, महाकालीबाट दाउरा निकाल्दै गरेका उनले भने, ‘कोरोनाले स्कुल पनि बन्द छ । दाउरा सङ्कलनले आफ्नो व्यक्तिगत खर्च चलेको छ ।’

स्थानीय विद्यालयका कक्षा–७ मा अध्ययनरत बुढा जस्तै महाकाली किनारको तटीय क्षेत्रका सयौँ स्कूले बालबालिका यतिबेला जोखिम मोलेर महाकालीबाट दाउरा सङ्कलनमा तल्लीन छन् । उनले दाउरा बेचेको पैसा खुत्रुकेमा जम्मा गर्ने गरेको बताउँदै रु ४ सयसम्म जम्मा भएको बताए । ‘कहिलेकाहीँ घरमा नुनतेल खर्च पनि यसैबाट चल्छ ।’ उनले भने, ‘महाकालीमा जति ठूलो बाढी आए पनि हामी सहजै वारपार गर्न सक्छौँ ।’

पहाडी जिल्लामा भइरहेको वर्षाका कारण विगत एक सातायता महाकालीमा दिनहुँ आउने बाढीले काठ/दाउरा बगाएर ल्याउने गरेको छ । यतिबेला कञ्चनपुरको भीमदत्तनगरपालिका–९ बह्मदेव, ११ भुजेला, १२ ऐरी ओदाली, वडा नं १३ बडैपुर, पिपरियालगायत गाउँका सयौँ स्थानीयवासी दाउरा सङ्कलनमा सक्रिय छन् ।

‘नदी किनारमा घर भएकाले बाल्यकालदेखि नै पौडीमा पोख्त हुने भएकाले जोखिम कमै हुन्छ’, ट्युबमा दाउरा लिएर फर्किंदै गरेका भीमदत्तनगरपालिका–१३ का ११ वर्षीय बालक अर्जुन आग्रीले भने, ‘आज त चार भारी दाउरा सङ्कलन गरिसकेँ ।’ ती बालकाले आफू दुई वर्षयता महाकालीमा यसरी दाउरा सङ्कलन गर्दै आएको बताए ।

दाउरा सङ्कलनका लागि महाकाली नदीमा हरेक दिन बिहानदेखि राति अबेरसम्म स्थानीयवासी त्यहाँ पहरा दिँदै आएको भीमदत्तनगरपालिका–१२ का ७६ वर्षीय पदमबहादुर ठकुराठीले बताए । ‘दिनभरि नदीमा पौडेर छेउमा लागेर दाउरा सङ्कलन गर्छन्’, उनले भने, ‘बर्सातको भेललाई हामीलाई त हिउँदमा आगो ताप्न दाउरा ल्याउँछ ।’उनले महाकाली किनारका बासिन्दाको दाउराको जोहो महाकालीबाटै भएको बताए । ‘वनजङ्गल छैन, दाउरा कहाँबाट ल्याउने ?’, ठकुराठीले भने, ‘अनि आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी जोखिम मोलेर भए पनि बर्खाका समयमा महाकालीमा दौडिन बाध्य हुन्छन् ।’

सोमबार भीमदत्तनगरपालिकाको भुजेलादेखि पिपरियासम्म झण्डै पाँच सयभन्दा बढी स्थानीयवासी दाउरा सङ्कलनमा जुटेका थिए । ‘यहाँ लामो समयदेखि दाउरा सङ्कलन गर्ने गरेका छन्’, स्थानीयवासी विवेक बडायकले भने, ‘दाउराकै लागि नदी किनारमा रातभरि जागारामसमेत बस्छन् ।’

दाउरा सङ्कलन गर्नेहरुमा महिला र बालबालिकाको सङ्ख्या धेरै छ । स्थानीयवासी रामदास रानाले ट्र्याक्टरसहित दाउरा ढुवानीका लागि महाकाली पुगेका बेला दाउरा सङ्कलन गरेर नै दालभात पकाउन सजिलो भएको बताए । ‘यहाँबाट सङ्कलन गरेको दाउरा गाउँलेको घरमा पु¥याएरबापत ढुवानीस्वरुप रु पाँच सय दिन्छन्’, उनले भने, ‘हुनेखानेको घरमा गोबर ग्यास छ, हाम्रो त दाउराका लागि बर्खा कुर्नुको विकल्प हुँदैन ।’

त्यसैगरी स्थानीयवासी लक्ष्मीदेवी बोहराले आफू भैँसीको आहारा पकाउनका लागि नदीमा दाउरा सङ्कलन गर्न आएको बताए । ‘नदीले बगाउने डर भए पनि सावधानी अपनाएर दाउरा सङ्कलन गर्छौं’, उनले भने, ‘यो रहर नभएर बाध्यता हो ।” अर्का स्थानीयवासी रामसेन बडायकले महाकाली नदीलाई आफूले राजेगारीस्थलका रुपमा लिने गरेको बताए । ‘अहिले दाउरा र हिउँदमा धेरै स्थानीयहरु बालुवा, गिट्टी र ढुङ्गा सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएका छन्’, उनले भने,’जोखिम र परिश्रम भए पनि धेरैको जीवन महाकालीले चलाएको छ ।’ उनले बर्खाका बेला बाढीबाट सङ्कलन गरिने दाउराले वर्षभरि भान्साको काम हुने गरेको बताए । ‘मजदूरी गरेर दैनिकी चल्छ, बाल्न ग्यास कहाँबाट पाउने ?’, उनले भने, ‘बाढी आएका बेला दाउरा निकाल्नेहरुको मेला नै लाग्छ यहाँ ।’

भीमदत्तनगरपालिका–१३ वडाध्यक्ष लालबहादुर शाहीले नदीमा पानीको बहाव बढेका बेला बगेर आउने काठले तटीय क्षेत्रका स्थानीयवासीको चुलो बल्ने गरेको बताए । ‘बर्सातका बेला दुईचार दिन दाउरा निकाल्नेको भीडभाड नै हुन्छ’, उनले भने,’वर्षातमा सङ्कलित दाउराले वर्षभरि खाना बनाउने जोहो हुन्छ ।’ उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा यहाँको तटीय क्षेत्रका स्थानीयवासीसमेत पर्ने गरेको भए पनि कुनै सुविधा नरहेको बताए। ‘निकुञ्जबाट दाउरा ल्याउन मिल्दैन’, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका स्थानीयले महाकालीमा बाढी आउला र दाउरा निकालौँला भनेर कुरिबसेका हुन्छन् ।’

प्रतिक्रिया दिनुहोस