६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

अ+ अ-

सिन्धुपाल्चोक । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल फुट्दा भोटेकोशी नदीमा बाढी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरलगायतका भोटेकोशी नदीतटीय सबै क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लोतटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । ‘‘खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको छ,’’ चिनियाँ समकक्षीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोही सूचनाका आधारमा तल्लोतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको बताए ।

चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ताल फुट्ने खतरा रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको उनले जानकारी दिए। खासा क्षेत्रमा केही दिनदेखि उच्च वर्षा भइरहेकाले भोटेकोशी नदीको साथै स्थानीय खोल्सीमा बहाव बढेको समेत जनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ‘‘उच्च वर्षा भइरहे जुनसुकै बेला पनि ताल फुट्न सक्ने समकक्षीले बताएपछि स्थानीयवासीलाई सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले बताए ।

‘‘सूचना प्राप्त हुनासाथ स्थानीय प्रशासनले तालको तल्लोतटीय क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकालाई आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्न आग्रह गरेका छौँ’’, प्रशासकीय अधिकृत सुनिता पहरीले भने । स्थानीय तहले समेत नदीतटीय क्षेत्रका बासिन्दालाई सम्भावित घटनाका बारेमा सूचना प्रवाह गरिरहेका छन् ।

विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर, संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डसमेत तहसनहस बनाएको थियो । चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस