काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रशासनिक अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पूर्व कानूनसचिव डिल्लीराज घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव घिमिरेले केही महिनाअघि मात्रै सेवाबाट अनिवार्य अवकाश लिएका थिए ।
सरकारले अध्यक्षसहित दुई सदस्यसमेत नियुक्त गरेको छ । सदस्यमा रीता मैनाली र उच्च अदालत पोखराका रजिष्टार कृष्णप्रसाद पौडेललाई नियुक्त गरिएको छ ।
पौडेलले प्रशासकीय अदालतको सदस्य नियक्त हुनुअघि रजिष्ट्रार पदमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।
२०४४ सालमा स्थापना गरिएको प्रशासकीय अदालतले निजामती कर्मचारीहरूको विभागीय कारबाहीउपर पुनरावेदन सुन्ने निकाय हो ।