काठमाडौं । नेपालमा पछिल्लाे २४ घन्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। देशभरका प्रयोगशालामा ४ हजार २ सय १६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८ सय ६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ सय ७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन् । यस्तै डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।
पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४ जना, झापा र सल्यानका ३/३ जना, काठमाडौं, धनुषा, तनहुँ, र दैलेखका २/२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीका एक/एक जना संक्रमित भएका छन् ।