काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनालाई पक्राउ गरेको छ ।
आयोगको टोलीले सोमबार गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई एक लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो ।
विकास निर्माण कामको भुक्तानी दिने क्रममा प्रमुख प्रशासकीय अधिकृत जैसी र शव इन्जिनियर मोक्तानले घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा स्ट्रिङ अपरेसन गर्दा दुवै जना पक्राउ परेका हुन् ।
उनीहरू पक्राउ परेको आयोगका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले पुष्टि गरेका छन् । थप विवरण आउँदै छ ।