१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक हजार लिएर बनेका थिए नक्कली नागरिक, भाइरल भिडियोमा देखिएका व्यक्ति नेपाली नभएको पुष्टि

अ+ अ-

काठमाडौँ । भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुर्व्यवहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलासा भएको छ ।

बाराणसी प्रहरीका अनुसार उनी भारतीय नागरिक नै रहेको र पैसा लिएर अभिनय गरेका हुन् ।

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेको भन्दै सामाजिक सञ्जालमा हालिएको भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन समेत लगाइएको थियो ।

शुक्रवार बनारसमा ‘एक नेपाली’ को कपाल खौरिदिएको समाचार दुवै देशमा भाइरल बन्यो।

भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो ।

नयाँदिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन संवाद गरेका थिए । त्यस क्रममा मुख्यमन्त्री योगीले पनि घटनामा संलग्नलाई सख्त कारबाही गर्ने बताएका थिए ।

भिडियो खिच्नेदेखि बनाउनेहरूको खोजी सुरु गरेको प्रहरीले शनिवार उनलाई भेटाएको छ । र, पीडित भनिएका व्यक्ति नेपाली नभई भारतीय नागरिक नै भएको बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको भन्दै उसले भनेको छ, ‘भिडियोमा देखाइएको व्यक्ति भारतीय नागरिक हुन् । उनको जन्म बाराणसीमा भएको थियो र परिवारका सदस्य सरकारी सेवामा छन् ।’

साडीको पसलको काम गर्ने धर्मेन्द्र सिंहले एक हजार रुपैयाँ लिएर कपाल खौरिएका स्थानीय मिडियाले उल्लेख गरेको छ। उनले भिडियो बनाएबापत एक हजार रुपैयाँ लिएको पाइएको प्रहरीले बताएको छ । लकडाउनको कारण आर्थिक अवस्था कमजोर बन्दै गएपछि एक हजारको लोभमा विश्व हिन्दु सेनाका सदस्यहरूबाट उनको कपाल खौरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस