२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन् ।

काँग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा.जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा.सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल (ओखलढुङ्गा) लाई आज नियुक्त गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिए ।

यसअघि युवा प्रशिक्षण कार्यक्रम संयोजकमा रञ्जित कर्ण (सप्तरी) लाई मनोनयन गरिएको थियो । उनीहरु प्रतिष्ठानका केन्द्रीय सदस्य छन् । निर्देशक तथा संयोजकले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसँग समन्वय गरी कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।

यसै सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि केन्द्रीय विभाग गठन गर्ने र विस्तार गर्ने कार्य भइरहेको जनाई आपत्ति जनाएका छन् । उनीहरुले बिहीबार काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजकलाई एक पत्रमार्फत आचारसंहिताविपरीत भएका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको भनी उक्त कार्य तत्काल रोक्न र बदर गर्न/गराउन पार्टी सभापति र निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए ।

काँग्रेसको १३औँ महाधिवेशन सम्पन्न भई चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुनमा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भएकाले थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा प्रवेश गरिसकेको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका दोहोर्‍याएरसमेत सार्वजनिक भई महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको उनीहरुले उल्लेख गरेका छन् ।

‘पार्टीको विधानमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्नेछ’, भन्ने बाध्यात्मक व्यवस्था छँदाछँदै र तदअनुसार हामीहरुले यसतर्फ बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै विभिन्न विभाग अहिले आएर गठन गर्ने र सदस्य मनोनयन गर्ने कार्य भइरहेकामा हाम्रो आपत्ति छ’, पत्रमा उल्लेख छ ।

पार्टीको विधि र पद्धति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभाग अस्वीकार्य रहेको जानकारी गराउँदै उनीहरुले महाधिवेशन स्वच्छता र निष्पक्षतालाई ध्यानमा राख्दै विधान एवं निर्वाचन आचारसंहिताविपरीतका मनोनयन र नियुक्तिलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस