११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपभोक्ता संरक्षण विभागका पूर्वनिर्देशकसहित तीन कर्मचारीविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । तत्कालीन समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठसहित ३ जनाविरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर परीक्षणका लागि लिएका सुनचाँदीका गहना तथा हिरा, हिराजवाहरात जस्ता बहुमूल्य धातु गायब पार्ने विभागका तत्कालीन निर्देशक लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे तथा नायव सुब्बा रामबहादुर थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो।

तीन जनाले विभागबाट विभिन्न समयमा भएका अनुगमनका क्रममा व्यापारीबाट नमुना परीक्षणका लागि भन्दै लिएको ४९ दशमलव ५२ ग्राम सुन र ७७ दशमलव ४२ ग्राम चाँदीका गहना गायब बनाएको देखिएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ।

विभागका तत्कालीन निर्देशक श्रेष्ठले २०७३ माघ ७ गते काठमाडौँको न्युरोडको नोज पिन हाउस र २०७३ चैत ३० गते पोखराका विभिन्न सुनचाँदी पसलबाट गहना गायब गरेको पाइएको छ ।

‘२०७३ चैत ३० गते दल बहादुर एन्ड सुनचाँदी पसल, दि युनाइटेड ज्वेलर्स प्रालि, गोरखा एन्ड बराह ज्वेलरी इण्डस्ट्रिज प्रालि, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी संकलन गरिएका गहनाहरूका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट उल्लिखित पसलका गहना जफत हुने ठहर्छ भन्ने फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति सम्बन्धित कार्यालयमा फिर्ता नगरी सरुवा भएपश्चात् पनि उक्त गहनाहरू नबुझाई आफ्नो साथमा राखी हिनामिना गरेको देखिन्छ,’ आरोप पत्रमा भनिएको छ।

निर्देशक बेल्वासेले सूर्यबहादुर एण्ड सन्स ज्वेलर्स, ओटु काठमाडौँमा अनुगमन गरी सङ्कलन गरिएका गहनाका सम्बन्धमा काठमाडौँ जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति आफू सरुवा भएर गएपश्चात् पनि उक्त पसलमा फिर्ता नगरी आफैले राखी हिनामिना गरेको अनुसन्धानमा देखिएको छ ।

नासु हाल सेवा निवृत्त थापा मगरले ओम ज्वेलर्स, विशाल बजार, नटराज ज्वेलर्स विशाल बजार, समृद्धि ज्वेलर्स न्यूरोड, श्री गणेशाय ज्वेलर्स, न्यूरोड, ब्लु हर्ष ज्वेलर्स प्रालि न्यूरोड र श्री गणेशाय ज्वेलर्स न्यूरोड काठमाडौँमा लक्ष्मण श्रेष्ठको नेतृत्वमा अनुगमन गरी सङ्कलन गरिएका स्टोर किपरको रूपमा आफूले जिम्मा बुझेका गहना सम्बन्धित पसलमा फिर्ता नगरी सेवा निवृत्त हुँदासम्म आफ्नो साथमा राखी उक्त सुनचाँदीका गहना हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिमको कसुरमा हिनामिना गरेको सुनका गहना १४ दशमलव १८ ग्रामको बिगो ६६ हजार २ सय ९३ रुपैयाँ ८६ पैसा, २० दशमलव ५९ ग्रामको बिगो ८९ हजार १ सय ४५ रुपैयाँ र १४ दशमलव ७५ ग्राम सुन र चाँदीका गहना ७७ दशमलव ४२ ग्रामको बिगो ७५ हजार ०३५ रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस