११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सवारी चल्न दिने, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे आज जानकारी गराएका हुन्।

सार्वजनिक सवारीसाधन सञ्चालनका लागि केही मापदण्डहरू पनि तोकिएको छ।

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरू

विश्व बैङ्कको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना अन्तर्गत नाग ढुङ्गा(नौबिसे(मुग्लिङ तथा कमला(ढल्केबर(पथलैया सडक खण्डको सुधार, अन्तर्देशीय व्यापार दक्षतामा सुधार एवं रणनीतिक सडक सञ्जाल व्यवस्थापनको क्षमता विस्तार कार्यक्रम सञ्चालनका लागि विश्व बैङ्कबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायताको रूपमा प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अफ फेसिलिटी अन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कुल ४५० मिलियन अमेरिकी डलर(करिब ५४ अर्व रुपैयाँ) ऋण सहायता रकम स्वीकार गर्ने।

नेपाल सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत सहरको दिगो र सुरक्षित पूर्वाधारको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय एवं भरपर्दो बनाउन विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर(करिब १८ अर्व रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न बार्ताटोली गठन गर्ने।

एसियाली विकास बैङ्कबाट नागरिक उड्डयन क्षेत्र विकास कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर(करिब ५ अर्व ९८ करोड नेपाली रुपैयाँ) बराबरको ऋण सहायता स्वीकार गर्ने।

विद्युत् नियमन आयोगका सदस्य पनौती–१० खोपासी, काभ्रे निवासी श्री रामकृष्ण खतिवडाले दिनुभएको राजीनामा स्वीकृत गर्ने।

माथिल्लो मोदी जलविद्युत आयोजनाको निर्माण सम्बन्धी कार्यको लागि कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं.८ मा ३० रोपनी ११ आना १ पैसा ३ दाम र अन्नपूर्ण गाउँपालिका १०, ११ र ७ मा करिब ३५ रोपनी ८ आना २ दाम जग्गा प्राप्त गर्न तथा प्रारम्भिक कारबाही गर्न सहायक प्रशासकीय अधिकृत गणेश राज वाग्लेलाई प्रारम्भिक अधिकृत तोक्ने।

नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारी, वरिष्ठ कृषि वैज्ञानिक श्रीराम प्रसाद न्यौपाने  र सर्वराज खड्का सम्मिलित सिफारिस समिति गठन गर्ने।

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा नियुक्ति गर्ने।

स्याङ्जा जिल्ला, फेदी खोला गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने।

नेपाल रेडक्रस सोसाइटीको काम कारबाही सम्बन्धमा समाज कल्याण परिषद्‍बाट भएको छानबिनको सिफारिसका आधारमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिलाई  समाज कल्याण ऐन, २०४९ को दफा २० बमोजिम  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मार्फत ७ दिनको म्याद दिई सो सोसाइटीको केन्द्रीय कार्यसमितिलाई सफाइ पेस गर्न मौका दिने।

नेपाल बाल सङ्गठन र बाल मन्दिरबाट भए गरेका कामकारबाही सम्बन्धमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका सम्बन्धमा नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यसमिति र सो समितिका पदाधिकारी तथा सदस्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत ७ दिनको म्याद दिई सफाइको मौका दिने।

राहु घाट मङ्गले जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने।

काठमाडौँ तराईरमधेश द्रुतमार्ग सडक आयोजना सञ्चालन(तेस्रो संशोधन) कार्यविधि, २०७७ स्वीकृत गर्ने।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष(सञ्चालन), नियमावली, २०७७ स्वीकृत गर्ने।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले दिनुभएको राजीनामा स्वीकृत गर्ने।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७र२र२८ र मिति २०७७र३र१५ गतेको निर्णयअनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएका आदेशमा देहायबमोजिम हेरफेर र थप गरी मिति २०७७ साउन ६ गते मङ्गलवार मध्यरात सम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।

काठमाडौँ उपत्यकाको हकमा काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने ट्याक्सी(चालकबाहेक बढीमा २ जनासम्म र परिवारभित्रका ५ वर्षसम्मका बालबालिका मात्र सवार हुने)

काठमाडौँ उपत्यकाको हकमा काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायात (चालकसहित सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहने, एक पङ्‌क्तिको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पन्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्ने।)

यो व्यवस्था लागू रहँदासम्मका लागि मात्र यस उपखण्डको प्रयोजनको लागि ट्याक्सीबाहेकका अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको पचास प्रतिशतसम्म थप भाडा लिन पाउनेछ।

उद्योग, प्रतिष्ठान र निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन(सिटको एक लहरमा एक जना यात्रु मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्ने)

प्रतिक्रिया दिनुहोस