३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राखेपका कार्यवाहक सदस्य-सचिवमा ढकाल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद विभाग महाशाखाका प्रमुख रहेका ढकाललाई आइतबारको मन्त्रीस्तरीय निर्णयानुसार सदस्य-सचिवको जिम्मेवारी दिइएको हो ।

राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ को दफा १७ को उपदफा ९१२० बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी ढकाललाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । नयाँ खेलकूद विकास ऐन बिहीबारदेखि लागू भएको थियो । खेलकूद विकास ऐन, २०४८ निष्कृय भएसँगै राखेपमा सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । नयाँ ऐनमा सदस्य–सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

समितिले योग्यता पुगेका व्यक्तिबाट सदस्य–सचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयलाई सिफारिस गर्ने प्रावधान छ । समितिबाट प्रस्तावित नाम मन्त्रालयले नियुक्तिका लागि मन्त्रिपरिषद्समक्ष पेश गर्नेछ । मन्त्रिपरिषद्ले उपयुक्त ठानेको व्यक्तिलाई चार वर्षका लागि सदस्य–सचिवमा नियुक्त गर्ने नयाँ खेलकूद ऐनमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस