११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआइसी एसियाका सञ्चालकसहितका ‘भिआइपी जुवाडे’माथिको अनुसन्धान सकियो

अ+ अ-

काठमाडौँ । सोमबार साँझ कमलादीस्थित होटेल गगौंरबाट पक्राउ परेका ८ जना जुवाडेमाथिको अनुसन्धान प्रहरीले तीन दिनमै सकाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पक्राउ गरेदेखि नै छाड्न दबाबमा रहेको प्रहरीले तीन दिनमै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा डिएसपी रञ्जन दाहालको नेतृत्वमा गएको टोलीले रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये संघाई एनआईसी बैङ्कका सञ्चालक हुन् भने अग्रवाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक हुन् । संघाईलाई गएको वर्ष नेपाल सरकारको “महत्त्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषितसमेत गरिएको थियो । अन्य सबै मुलुकका प्रतिष्ठित व्यापारिक घरानाका व्यक्ति हुन् ।

कोरोना भाइरसको कारण देखाउँदै प्रहरीले मङ्गलवारै उनीहरूलाई हाजिरी जमानीमा छाड्न खोजे पनि सरकारी वकिलले नमानेपछि उनीहरूलाई हिरासतमै राखिएको थियो। उनीहरूको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो । प्रहरीका अनुसार उनीहरुले क्यासिनोकै शैलीमा जुवा खेलेको देखिन्थ्यो ।

प्रहरीले बुझाएको प्रतिवेदनमा ८ जनालाई नै तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउन माग गरिएको छ । मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसुरमा पहिलो पटक जुवा खेल्ने व्यक्तिलाई यो कारबाहीको व्यवस्था गरिएको छ ।

लकडाउनका बेला जुवा खाल जमाएका उनीहरुले सरकारी पाससमेत लिएको खुलेको छ । सर्वसाधारणहरुले अत्यावश्यक कामका लागि पनि पास पाउन ठूलै संघर्ष गरिरहँदा भिआइपीहरुले भने शक्ति र पहुँचकै आडमा यस्ता पासहरु सजिलै लिने गरेका छन्

त्यसो त पक्राउ परेदेखि नै प्रहरीका उच्च अधिकारीदेखि नेताहरुलेसमेत छुटाउन भरमग्दुर प्रयास नगरेका होइनन् तर सार्वजनिक भइसकेकोले छोड्न मानेन काठमाडौँ प्रहरी परिसरले ।

प्रतिक्रिया दिनुहोस