२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि उत्पादन सहज ढुवानी र बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालये कृषकका उत्पादनहरू सहज रूपमा ढुवानी र बिक्री वितरण हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अन्यत्र जिल्लामा उत्पादित वस्तुहरूको ढुवानी र विक्रिवितरण गर्न नदिई जफत गरी नष्ट गरिएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले त्यस्ता कार्य कहिँकतैबाट हुन नदिन सम्बद्ध निकायलाई अनुरोध गरेको हो ।

‘केही स्थानमा अन्यत्र जिल्लामा उत्पादित वस्तुहरूको ढुवानी र विक्रिवितरण गर्न नदिई जफत गरी नष्ट गरिएको भन्ने समाचार प्रकाशन भएको सन्दर्भमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ’, मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘यस्ता कार्यले कृषकहरूको उपज खेर जाने मात्र नभै कृषकहरूको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयात कै भर पर्नु पर्ने अवस्था सिर्जना गराउँछ, तसर्थ यस्ता कार्यहरू कहिँकतैबाट हुन नदिन र कृषकका उत्पादनहरू सहज रूपमा ढुवानी र विक्री वितरण हुने व्यवस्था निलाउनु हुन सम्बद्ध सबैलाई अनुरोध गदछु ।’

भारतीय तरकारी खुलेआम र निर्वाधरुपमा नेपालीहरूको भान्सामा पुगिरहँदा अर्घाखाँची, कास्कीलगायतका केही जिल्लामा प्रशासन कार्यालयकै कर्मचारीको संलग्नतामा नेपाली कृषकहरूको तरकारी नष्ट गरियो । तरकारी तथा फलफूलबाट कोरोना सर्ने गरेको अहिलेसम्म संसारका कुनै पनि अध्ययनले देखाएको छैन तर केही स्थानीय तह र प्रशासनले भारतीय उत्पादनलाई प्रोत्साहन हुने गरी नेपाली उत्पादनहरू जफत गरी नष्ट गरेका छन् ।

अभाव र तनावका बिच पनि कष्ट गरी उब्जाएको तरकारी दुई रुपैयाँमा पनि विक्री नहुने अवस्था आएपछि खेतबारीमा नै ट्रयाक्टर जोतेर मल बनाई रहेका छन् । तर कास्की र अर्घाखाँचीमा भने कोरोना रोकथाम सर्वपक्षीय बैठकको निर्णय भन्दै नेपाली कृषकहरूमा उत्पादन जफत गरेर नष्ट गरेका छन् ।

कृषि सामग्री, उत्पादनलाई कुनै खाले अवरोध नगर्न मन्त्रालयले पटक–पटक गरेको आग्रह लत्त्याइँदै आइएको छ । जुन सरासर गलत हो ।

प्रतिक्रिया दिनुहोस