१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरनेट र फोन समस्याले आजित

अ+ अ-

काठमाडौँ । साबिक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पछिल्लो केही दिनयता फोन र इन्टरनेटको समस्याले सेवाग्राही आजित बन्न थालेका छन् । देशमा जारी बन्दाबन्दीले नागरिक घरभित्रै बस्नुपरेको बाध्यात्मक अवस्थामा अहिले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या अधिक भए पनि छिन छिनमै जाने फोनको नेटवर्क र इन्टरनेटले धवलागिरिवासीलाई आजित बनाएको छ ।

इन्टरनेट र टेलिफोन सेवा पछिल्ला केही दिनमा पटक–पटक अवरुद्ध हुन थालेपछि सेवाग्राही समस्या खेप्न बाध्य भएका छन् । पूर्ववत् सूचनाबिना नेपाल टेलिकमले घण्टौँसम्म फोन, इन्टरनेट अवरुद्ध गराउँदा सेवाग्राही अन्योल र मारमा परेको बागलुङकी स्थानीय सविता शर्माले गुनासो गरे । “मोबाइलमा नेटको टावर देखिन्छ तर काम नगरेपछि मोबाइल नै बिग्रियो कि भनेर बन्दाबन्दीकै बिच मोबाइल पसल खोज्दै गएँ”, शर्माले भने, “त्यहाँ पुगेर देखाउँदा पसलेले मोबाइल बिग्रिएको नभई इन्टरनेटले नै काम नगरेको भनेपछि फर्किए ।”

बागलुङमा पछिल्लो समय विद्युतसँगै इन्टरनेटसमेत अवरुद्ध हुन थालेपछि सेवाग्राहीले टेलिकमप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् । नेपाल टेलिकम बागलुङ शाखाले भने सडक निर्माण कार्यमा समन्वय नगरी डोजर चलाउँदा फाइबर काटिने र पटक–पटक अवरुद्ध हुने गरेको बताएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले पछिल्लो साता फाइबर नेटमा धेरै समस्या आएको स्वीकार गरे ।

“अहिले पोखरा–बागलुङ मध्य पहाडी लोक मार्ग अन्तर्गतको हेम्जा र नौ डाँडा खण्डमा काम भइरहेको छ, त्यहाँ हामीलाई जानकारी नगराई फाइबर तार काटिने गरी डोजर चलाउँदा समस्या भएको छ”, कार्यालय प्रमुख शर्माले भने, “सडक आयोजनाले पनि समन्वय गर्दैन, विद्युतले पनि आफ्नै ढङ्गले पोल सार्दिन्छ, अनि त्यहाँ एउटा तार काटिनासाथ यता सिङ्गो धवलागिरिभर इन्टरनेट अवरुद्ध हुने अवस्था आउँछ ।” मर्मत सम्भारका लागि अवरुद्ध नभई आकस्मिक अवरुद्ध हुँदा पूर्ववत् सूचना दिन नपाइएको र यसबारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समन्वय नभएर समस्या दोहोरिएको शर्माको भनाइ छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौ लोचन शैजुले जिल्लामा पटक–पटक फोन र इन्टरनेट जाने समस्याबारे कार्यालय प्रमुखलाई तत्काल समाधान खोज्ने गरी निर्देशन दिइएको बताए। “म आफैँ पनि फोन, इन्टरनेट प्रयोगकर्ता भएकाले यो समस्याबारे जानकार छु”, प्रजिअ शैजुले भने, “यदि लामो समय जाने अवस्थामा पूर्ववत् सूचना जानकारी दिएर मात्र मर्मत सम्भारको काम गर्नुपर्छ ।” फोन तथा इन्टरनेटका कारण बन्दा बन्दीको समयमा अनलाइन कक्षा लिइरहेका विद्यार्थी समेत समस्यामा पर्दै आएका छन् । फोन र इन्टरनेट गएपछि कहिले तत्कालै आउँछ भने कहिले दिनभर नआउँदा सेवाग्राही आजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस