१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी त्रिपालमुनि

अ+ अ-

सर्लाही । छिमेकी भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा गैरकानूनी क्रियाकलाप र आवतजावत रोक्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ ।

सीमा क्षेत्रको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले अस्थायी सशस्त्र प्रहरी चौकी, बेसक्याम्प, बिओपी तथा ड्युटी पोष्टहरु बनाएर आफ्नो जिम्मेवारी पूरा गर्न शुरु गरेको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ५१ किलोमिटर क्षेत्रको छ स्थानमा स्थायी बिओपी रहेकामा अहिले सात स्थानमा अस्थायी बिओपी थप गरेर १३ स्थानमा बिओपी पु¥याइएको सशस्त्र प्रहरीले जनाएको छ । चारदेखि १० जनासम्म ड्युटी गर्ने पोष्ट १००÷१०० मिटरको फरकमा खडा गरिएका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । भारतसँग सीमा जोडिएका ५१ किलोमिटर दूरीमा सशस्त्र प्रहरी बलले आफ्नो पोष्ट खडा गरी सीमा क्षेत्रमा दिनरात पहरा दिइरहेको छ ।

सोह्र बेसक्याम्प, ८२ ड्युटी पोष्ट बोर्डर र १३ अस्थायी पोष्ट त्यसैगरी बिओपी छन् । ११०÷११२ पोष्टबाट करिब ८० देखि १०० मिटरको दूरीमा ५०० सशस्त्र प्रहरीलाई ड्युटीमा खटाइएको सशस्त्र प्रहरी बल जिल्ला सुरक्षा कार्यालय सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

भारतबाट अवैधरूपमा नेपाल प्रवेश नरोकिएपछि सीमा क्षेत्रमा बिओपी, ड्युटी पोष्ट र बेसक्याम्प स्थापना गरेर बसेका सशस्त्र प्रहरी अधिकांशको बास पालमुनि हुने गरेको छ । केही अस्थायी पोस्ट, बेसक्याम्प स्थानीयवासीका घरमा छन् भने केही बेसक्याम्प तथा अस्थायी ड्युटी पोष्ट स्थानीय विद्यालय तथा सामुदायिक विद्यालयमा रहेका छन् भने अन्य अस्थायी पोस्ट बाँसका टहरा बनाएर त्रिपालको छानो हालेर बनाइएका छन् । दैनिकजसो आउने वर्षासँगै हावाहुरीका कारण सीमाको रक्षाका लागि खटेका सशस्त्र प्रहरी मारमा परेका छन् ।

खुला सिमाना भएका कारण कतिपय नेपालीको भारतमा र कतिपय भारतीयको जग्गा जमिन नेपाल रहेका कारण पनि सीमाक्षेत्रमा सुरक्षा कडाइ गर्न समस्या हुने गरेको एक प्रहरी अधिकृतले बताउनुभयो । थोत्रा त्रिपालमुनिको बसाइ करिब दुई महिना पुग्न लाग्यो । पिउने पानीको समस्या छ । रातमा बाल्ने बिजुलीबत्ती छैन । खेतमा त्रिपालको टहरा र बाँसको टहरा बनाएर बसेका छौँ । वर्षायाम शुरु भएपछि कहाँ जाने भन्ने समस्या अहिलेदेखि नै शुरु भइसकेको छ । हावाहुरी चल्यो भने त्रिपाल उडाउँछ कसरी बस्ने भन्ने चिन्ता छ । हावाहुरी आएपछि त्रिपाल समाउने कि सीमाको सुरक्षा गर्ने भन्ने चिन्ता छ । व्यवस्थित भौतिक संरचना छैन, उनीहरुको गुनासो छ ।

लकडाउनका कारण विशेषगरी सीमा क्षेत्रका मानिस बढी प्रभावित हुने गरेका बुझिएको छ । आफूहरु खेतीपाती नगर्ने बिहान–बेलुका अन्य काम गर्ने र साँझमा खाद्यान्न खरिद गरेर जीविका चलाउने मानिस नै लकडाउनको सिकार बनेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस