७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ

अ+ अ-

काठमाडौँ । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर २ स्थित घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ गरिएको छ। सो इलाकामा गोरेटो बाटो निर्माण गर्न सेना तैनाथ गरिएको हो।

बाटो निर्माणका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त बिहीबार बिहान ११ बजे घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मन्त्रिपरिषद्को २०७७ वैशाख १४ गतेको निर्णय बमोजिम महाकाली कोरिडोर ९दार्चुला टिंकर सडक योजना० अन्तर्गत उत्तरी क्षेत्रतर्फ रहेको ८७ किमी सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने लागिएको हो। बाटो निर्माण कार्यका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीहरू सहितको टोली २०७७ जेठ ९ गते तैनाथ गर्ने योजना रहेको थियो।

चीन र भारतको सीमासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका(१ मा पर्ने छाङरु र टिंकर गाउँका १८२ घर परिवारका करिब १ हजार २०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्न समस्या भएको थियो। व्यास गाउँपालिका(२ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटी बगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या हुँदा स्थानीयले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए।

घाँटी बगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सञ्चालन गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक निर्माणको लागी नेपाली सेनाको प्राविधिक जनशक्ति सहितको टोली सो क्षेत्रमा तैनाथ भएको हो। सडक खण्ड पुनः सञ्चालन भएपछि स्थानीयहरू नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस