काठमाडौँ । आइतवार नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बाँकेको नरैनापुरस्थित क्वारन्टीनमा आइतवार बिहान मृत्यु भएको २५ वर्षीय पुरुष कोरोनाभाइरस सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन्।
भारतबाट बैशाख ३० गते आएका उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताइएको छ
योसँगै नेपालमा कुल मृतकको सङ्ख्या दुई पुगेको छ।
शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो ।