काठमाडौँ । लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौँतर्फ आएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको बताएका छन् ।
पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएकोमा गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।
निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौँ आउन चाहेका हुन् ।