१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख नाघ्यो, ४४ लाख ३८ हजारभन्दा बढी सङ्क्रमित

अ+ अ-

काठमाडौँ । विश्वभर नोवल कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या शुक्रवार ३ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रवार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या विश्वभर ३ लाख २ हजार १ सय १५ पुगेको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या विश्वभर ४४ लाख ३८ हजारभन्दा बढी छ । सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म करिब १५ लाख ८६ हजार सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र लगभग एक चौथाइभन्दा बढी अर्थात् ८५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने सङ्क्रमित सङ्ख्या १४ लाख १७ हजारभन्दा बढी छ । अमेरिकामा करिब २ लाख ४६ हजार निको भएका छन् ।

अमेरिकापछि युरोपेली राष्ट्र बेलायतमा ३३ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने इटालीमा मृतक सङ्ख्या ३१ हजार ३ सय ६८ रहेको छ । फ्रान्समा २७ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ भने स्पेनमा २७ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो पटक दक्षिण अमेरिकी राज्य ब्राजिलमा पनि कोभिड–१९ का कारण ज्यान जानेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

शुक्रवार बिहानसम्म ब्राजिलमा लगभग १४ हजार मानिसको मृत्यु भइसकेको छ । कोरोना भाइरसको प्रकोप विश्वका लगभग सबैजसो देशमा छ । सङ्क्रमित सङ्ख्याका आधारमा अमेरिकापछि सबैभन्दा प्रभावित रुसमा शुक्रवार बिहानसम्म २ लाख ५२ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भइसकेका छन् भने मृतक सङ्ख्या २ हजार ३ सय ५ पुगेको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८४ हजार २५ रहेको छ । चीनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ हजार ६ सय ३७ रहेको छ । चीनमा कोरोना सङ्क्रमणबाट केही हप्ता यता कसैको मृत्यु भएको छैन । सङ्क्रमण पुष्टि भएकामध्ये ७९ हजार २ सय ५६ जना निको भएका छन् ।

छिमेकी मुलुक भारतमा सङ्क्रमितको ८२ हजार पुगेको छ भने २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ भने करिब २८ हजार निको भएका छन् ।

नेपालमा बिहीबार साँझसम्मको तथ्याङ्कअनुसार २ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस