काठमाडौँ । मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
आज यसअघि ५७ जनामा पुष्टि मन्त्रालयले गरेको थियोे । यससँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण भएको छ ।
मन्त्रालय स्रोतका अनुसार सबै विवरण संकलन भएपछि केहीबेरमा पूर्ण विवरण सार्वजनिक गरिने छ ।