२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा कोरोना परीक्षणको दायरा विस्तार

अ+ अ-

बाँके । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि बाँकेमा परीक्षण दायरा विस्तार गरिएको छ । कोरोना सङ्क्रमित क्षेत्र नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ सँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत परीक्षणलाई विस्तार गरी तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबारदेखि नेपालगञ्जको कोरोना सङ्क्रमित क्षेत्रसँगै अन्य शङ्कास्पद क्षेत्रमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्न थालिएको हो । उक्त क्रममा बिहीबर बाँकेका थप ४८ जनाको स्वाब सङकलन गरिएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रममा बिहीबार तीन स्थानबाट ४८ जनाको स्वाब सङ्कलन गरिएको हो ।

नेपालगञ्जको बिपी चोक आसपासबाट ३०, खजुरा गाउँपालिका वडा नं ७ सोनपुरबाट १७ र क्यान्सर अस्पताल खजुराबाट एक जनाको स्वाब सङ्कलन गरिएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

यसअघि पहिलो सङ्क्रमित व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरेर नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का विभिन्न स्थानबाट ९४ जनाको स्वाब लिइएकामा एउटै टोलका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको हो ।

हालसम्म कोरोना सङ्क्रमित क्षेत्र वडा नं ८ मा मात्रै पहिलो पटक ९४, दोस्रो पटक ५४ र तेस्रो पटक १३६ गरी २८४ जनाको स्वाब सङ्कलन गरिएको छ । पहिलो पटक सङ्कलन गरिएको ९४ मा २२ जना सङ्क्रमित भेटिए पनि दोस्रो पटक सङ्कलन गरिएको ५४ मा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । तेस्रो चरणमा सङ्कलन गरिएको १३६ स्वाबमध्ये बिहीबार आएको ३४ जनाको रिपोर्ट नेगेटिभ रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । एक सय दुई जनाको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको पिसिआर प्रयोगशालामा परीक्षणका क्रममा छ ।

कोरोना परीक्षणमा शङ्का नगर्न आग्रह
नेपालगञ्जका मुस्लिम समुदायका अगुवा र चिकित्सकले कोरोना परीक्षणमा कुनै शङ्का नगर्न आग्रह गरेका छन् । कोरोना भाइरसको कुनै लक्षणनै नदेखिएका व्यक्तिको परीक्षण रिपोर्ट पोजेटिभ आएपछि आशङ्कित तथा त्रसित हुनुभन्दा थप सजगता अपनाएर छिटोभन्दा छिटो परीक्षण गरिनुपर्ने उनीहरुको भनाइ छ ।

नेपालगञ्जका मुस्लिम समुदायका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले रोगले कुनै पनि धर्म वा सम्प्रदाय नहेर्ने भएकाले जोसुकैलाई पनि सङ्क्रमण हुनसक्ने बताउँदै सतर्कता अपनाउन अनुरोध गर्नुभयो । नेपालगञ्ज ८ जोलाहनपुर्वा टोलमा मात्रै २२ जनालाई सङ्क्रमण देखिएकाले वडाका सबै व्यक्ति कोरोना परीक्षणमा सहभागी भई आफू र अरुलाई पनि सुरक्षित राख्न सजगता अपनाउनुपर्ने उनको भनाइ छ ।

उपमहानगरपालिकाका पूर्वउपप्रमुख एवम् वडा नं ८ का अगुवा शमसुद्दीन सिद्धिकी कुनै लक्षण नै नदेखिएको भन्दै कतिपय स्थानीयवासीले कोरोना जाँच गर्न नमानेको बताउछन । उनीहरुलाई परीक्षणमा कुनै शङ्का नगरी परीक्षण गर्नका लागि टोल तथा समुदायमा समन्वयको काम गर्दै आएको उनले बताए ।

कोरोनाको लक्षण नभए पनि परीक्षण रिपोर्ट पोजेटिभ आएपछि अहिले खजुरास्थित कोरोना आइसोलेशन अस्पतालमा राखिएका व्यक्तिले आफूलाई पुनः परीक्षणको माग गरेको उहाँको भनाइ छ । रमजान चलिरहेकाले रोजा बसेका व्यक्तिलाई सम्झाइबुझाई कोरोना परीक्षणमा सहभागी गराइएको सिद्धिकीले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. आशिम किदवाईले कोरोनाको हरेक बिरामीलाई लक्षण देखिनु जरूरी नभएकाले परीक्षणमा सबै सहभागी हुन सर्वसाधारणलाई अनुरोध गरे। “कुनै कुनै देशमा ८० देखि ९४ प्रतिशत कोरोना सङ्क्रमितमा लक्षण नदेखिएको रिपोर्ट पनि छ । लक्षण नहुनु राम्रो कुरा हो, यसको अर्थ भाइरस धेरै कडा किसिमको छैन । त्यसैले लक्षण नै नदेखी कोरोना देखिएको कुरालाई नकारात्मक तरिकाले सोच्नु भएन”, उनले भने, “कोरोना मात्र होइन एचआइभी, हेपाटाइटिस बी, सी जस्तो रोगमा पनि सङ्क्रमण भइसके पनि वर्षौँसम्म लक्षण नहुन पनि सक्छ, यो कुरा हामीले बुझ्न जरुरी छ ।”

उनले अहिले रमजानमा रोजा(व्रत) ले गर्दा परीक्षणमा कुनै पनि फरक नपर्ने भएकाले ढुक्क भएर जाँच गराउन सल्लाह दिए । एकै पटक धेरै जनाको परीक्षण पोजेटिभ देखिएपछि भेरी अस्पतालको पिसिआर यन्त्रप्रति जाँचको गुणस्तरमा शङ्का गर्नु स्वाभाविक भए पनि यो अन्तर्राष्ट्रिय मापदण्डानुसार गुणस्तरीय परीक्षण भएकाले विश्वास गर्नाको विकल्प नभएको उनको भनाइ छ ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाले आरटिपिसिआर परीक्षणको नतिजामा कुनै सन्देह नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । “भेरी अस्पतालमा कोरोना परीक्षणको निम्ति थ्रोट स्वाब लिएर गरिने आरटिपिसिआर जाँच विश्वस्तरीय मेसिन क्वाइजन रोटर–जिन क्यूमा नेपाल सरकारले प्रदान गर्ने एक्स्ट्रक्सन किट र रिएजेन्ट्स प्रयोग गरेर निश्चित प्रक्रिया र मापदण्ड अनुसारगरिन्छ”,उनले भने, “विश्वसनीयता यकिन गरेरै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो प्रयोगशालालाई भेरिफिकेसन सेन्टरको मान्यता दिएको हो । त्यसैले पिसिआर टेस्टको नतिजामा कुनै सन्देह नराख्नुहुन हामी सबैलाई अनुरोध गर्छौंँ ।”

उनले परीक्षणमा क्वालिटी एस्युरेन्सका निम्ति केही नमूनालाई रेफरेन्स ल्याबमा पठाउने कार्य प्रोटोकलमा नै हुने गरेकालेले त्यसबारे अस्पताल सचेत रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस