काठमाडौँ । नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सङ्क्रमित मध्ये ५ पुरुष र ४ महिला रहेको र उनीहरू ७ देखि ५८ वर्ष उमेरको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ पुरुष र ४ महिलामा कोरोना सङ्क्रमण देखिएको बताए ।