१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतका प्रधानमन्त्रीले डाक्टरको नामबाट राखे छोरोको नाम

अ+ अ-

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस् जोन्सनले आफूलाई कोरोनाबाट बचाउने डाक्टरहरूको नामबाट आफ्नो छोरोको नाम राखेका छन् ।

प्रधानमन्त्री जोन्सन र उनकी पत्नी केरी साइमन्सले आफ्नो छोराको नाम दुई जना डाक्टरको नामबाट राखेको बिबिसीले जनाएको छ ।

कोरोनालाई जितेर फर्किएपछि उनी बाबु बनेका थिए ।

उनीहरूले आफ्नो छोरोको नाम ‘विल्फेड लोरी निकोलस जोन्सन’ राखेका छन् । केरीले इन्सटाग्राममा नवजात शिशुको फोटो र उसको नाम शेयर गर्दै लेखेकी छन्, ‘यसको नाम आफ्नो हजुरबुवा(हजुरआमा र बोरिसलाई उपचार गर्ने डाक्टरलाई सम्मान दिनका लागि राखिएको छ ।’

छोरोको पहिलो नाम प्रधानमन्त्री जोन्सनको हजुरबुवाको नामबाट, दोस्रो नाम आफ्नै हजुरबुवाको नामबाट र बिचको नाम निकोलस, डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नामबाट राखिएको छ । यी दुई डाक्टरहरूले प्रधानमन्त्री जोन्सनको उपचार गरेका थिए ।

उनले बोरिसको उपचार भएको युनिभर्सिटी कलेज लण्डन हस्पिटलका कर्मचारीहरूलाई धन्यवाद दिँदै लेखेकी छन्, ‘मेरो खुसीको सीमा छैन, मेरो हृदय भरिएको छ ।’

डाक्टरहरूको नामबाट आफ्नो बच्चाको नाम राखिनुले कोरोनाबाट प्रधानमन्त्री जोन्सनको अवस्था गम्भीर थियो भनेर अनुमान गर्न सकिने बिबिसीले लेखेको छ ।

प्रधानमन्त्री जोन्सनलाई २६ मार्चमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई लन्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य गम्भीर भएपछि उनलाई आइसियुमा राखिएको थियो । अहिले पूर्णरुपमा स्वस्थ भएपछि उनी नियमित काममा फर्किएका छन् ।

उनले आफ्नो ज्यान जोगाइदिएकोमा अस्पतालका डाक्टर र कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस