९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको अध्यक्षमा पूर्व रथी शर्मासहित ३ जना नियुक्त

अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय(नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखमा पूर्व रथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

फोर्स कमान्डरको रुपमासमेत काम गरी सकेको नेपाली सेनाका पूर्व रथी शर्मासँगै पूर्वराजदूत शम्भुराम सिम्खडा र पुर्वमहान्यायाधिवक्ता युवराज सङ्ग्रौलालाई सदस्यमा नियुक्त गरिएको हो ।

मन्त्रिपरिषद्को वैशाख १२ गतेको बसेको बैठकले समितिमा रक्षा,अर्थ र परराष्ट्रका अधिकारीहरूको समेत प्रतिनिधित्व गरी तीन जनालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

समितिले विश्वविद्यालयको व्यवस्थापकीय पक्षका साथै पूर्वाधार निर्माणदेखि पाठ्यक्रम, पाठ्यसामग्रीको चयन, विषय समिति र विषयहरूको चयनलगायतको काम गर्नेछ । नेपाली सेनाले अघि सारेको अवधारणाअनुसार नेपालमा पहिलो पटक स्थापना भएको प्रतिरक्षा विश्वविद्यालयका लागी सरकारले काभ्रेको साँगामा पाँच सय रोपनी जग्गा दिने निर्णयसमेत गरिसकेको छ ।

राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितलाई सही ढङ्गले विश्लेषण र शिक्षित गरी आवश्यक नीतिगत रूपमा काम गर्ने जनशक्ति तयार गर्न यो विश्वविद्यालयको स्थापना भएको बताइएको छ । जसले राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा परिस्थितिको बारेमा सरकार तथा सम्बन्धित क्षेत्रलाई सही सुझाव तयार गर्ने अङ्गको रूपमा पनि विकास गर्ने उद्देश्य सरकारले राखेको छ ।

प्रतिक्रिया दिनुहोस