२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँबाट आएकालाई २१ दिन क्वारेन्टिनमा राखिने

अ+ अ-

डोटी । काठमाडौँबाट सोमबार गृह जिल्ला आएका डोटीका ७३ जनालाई २१ दिन क्वारेन्टिनमा राखिने भएको छ ।

बन्दाबन्दी (लकडाउन) का कारण काठमाडौँमै अलपत्र परेकाहरूलाई स्थानीय तहहरूले पहल गरी घर फर्काएका हुन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सवारी पास लिएर आइतबार प्रस्थान गरेका बा५ख २८६१ र बा ५ख २८७३ नम्बरका दुई बसबाट उनीहरू सोमबार डोटी पुगेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

सम्बन्धित स्थानीय तहहरूले नै व्यवस्थापन गर्ने गरी उनीहरूलाई क्वारेन्टिनमा राखिने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय डोटीलाई कुनै जानकारी नदिई ती व्यक्तिहरू एक्कासि डोटीको बुडर पुगेपछि आफूलाई खबर आएको प्रजिअ पौडेलले बताए ।

डोटी भित्रिएकाहरूमा पूर्वी चौकी गाउँपालिकाका ३४, बोगटान फुड्सिल गाउँपालिकाका १९, केआईसिंह गाउँपालिकाका ९, आदर्श गाउँपालिकाका ७ तथा शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका २र२ जना रहेको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला काठमाडौँबाट डोटी ल्याइएकोमा स्थानीयहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।स्थानीय तहहरूले राम्रो काम गरेको कतिपयको बुझाइ रहेको छ ।

कतिपयले यसरी बाहिरबाट मान्छेहरू ओसार्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भन्दै यसो नगर्नसमेत आग्रह गर्छन् ।

प्रतिक्रिया दिनुहोस