काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको विवादबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बसेको बैठक सकिएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी छलफलकाक्रममा औपचारिक कुनै निर्णय नभएपनि भोली पार्टी सचिवालय बैठक बस्ने तय भएको सहभागी एक नेताले बताए ।
छलफलमा ओलीको पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागीता रहेको थियो भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।
कोटेश्वरमा नेपाल र ओलीसमूहबीच छलफल भईरहँदा खुमलटारमा प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमबीच बैठक बसेको थियो । कोटेश्वरमा नेपाल र ओली समूहको निष्कर्षपछि खुमलटार बैठकले थप रणनीति बनाउने निष्कर्ष निकालेको खुललटार स्रोतले जनाएको छ ।