६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् प्रधानमन्त्री ओलीलाई देउवाका पाँच सुझाव

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भएको भेटवार्ताका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले विवादित दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

यसरी विभिन्न सुझाव दिने क्रममा देउवाले जनकपुरबाट सांसदलाई अपहरणको शैलीमा काठमाडौँ ल्याउनेलाई कारबाही गर्न मागसमेत गरेका छन्।

‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ। तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देश भरी उठेको छ’, देउवाले प्रधानमन्त्रीलाई भनेको कुरा उद्धृत गर्दै काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘मेरो माग यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ।’

देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस-कोभिड-१९) को व्यापक नमुना परीक्षण बढाउन सुझाव दिएका छन्। ‘परीक्षण अहिलेको आवश्यकता हो’, दोस्रो सुझाव दिँदै देउवाले भने, ‘समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौँ।’

देउवाले सङ्कटको अवस्थामा फिल्डमा सक्रिय स्वास्थ्य कर्मीको सुरक्षाका लागि विशेष ध्यान दिन प्रधानमन्त्रीलाई सुझाएका छन्। ‘स्वास्थकर्मीलाई पीपीईलगायतका सामग्री अझै पर्याप्त पुगेको छैन। यथाशीघ्र पुर्‍याउनु पर्‍यो’, तेस्रो सुझाव दिँदै देउवाले भने, ‘स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ।’

सँगै देउवाले श्रमिकलाई खान दिएर वा गाउँ जान दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। उनले राहत आवश्यक ठाउँमा नपुगेको र साना तथा ठुला सबै व्यवसायीलाई तत्काल प्याकेज दिनुपर्नेमा जोड दिए।

‘श्रमिकलाई कि खान दिनोस्, कि गाउँ जान दिनोस्’, देउवाले ओलीलाई भने, ‘राहत अझै पुगेन, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्।’

सँगै देउवाले विदेशमा रहेका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। हिजो उनीहरूले रेमिटेन्स पठाएर देशका लागि योगदान गरेकाले आज उनीहरूको उद्धार गर्नुपर्ने देउवाको भनाइ छ।

‘विदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरू अप्ठ्यारोमा परेका छन्’, देउवाले प्रधानमन्त्रीलाई भने, ‘त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्धार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस्।’

साथै देउवाले प्रधानमन्त्रीलाई विश्वव्यापी सङ्कटको रूपमा कोरोनासँग लडिरहँदा विवाद नल्याउन सुझावसमेत दिएका छन्। ‘अब विवादका कुनै कुरा नल्याउन तपाईँलाई मेरो सुझाव छ’, मुख्यसचिव पौडेलले सार्वजनिक गरेको नोटमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस