काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार(आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन र सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बस्ने अध्यादेशको नेकपाभित्रै र बाहिर पनि विरोध भइरहेको छ ।