कैलाली । कैलालीमा कोरोना भाइरस(आरडीटी) परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
जिल्लाको बर्दगोरीया गाउँपालिका–३ का १९ वर्षीय एक युवामा मंगलबार कोरोनाको आशंकामा आरडीटी जाँच गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।
उनको आरडीटी टेष्ट २ पटक गर्दा पनि पोजेटिभ नै आएको स्थानीय चिकित्सकले बताएका छन् ।
उनको स्वाव संकलन गरी पीसीआर जाँचका लागि मंगलबार बेलुका नै धनगढी पठाइएको छ । उनी चैत १० गते भारतबाट फर्किएको बताइएको छ ।