नकपुर । कोरोना भाइरस(कोभिड–१९) को त्रासदी फैलिईरहँदा पैसा फालेर भागे भनिएका दुइ जना महिलामध्ये एकमा कोरोना पोजेटिभ देखिएको छ ।
प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ।
शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो ।
पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरुले पैशा फालेर नभई झरेको भन्ने खुल्नमा आएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताएका छन् । ‘पैशा फालेर हिडेँ भनेपछि खटिएको प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा पैशा फालेको नभई झरेको हो भन्ने बुझ्नमा आएको छ’, निरौलाले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा पनि झरेको नै देखिन्छ, यद्यपी विस्तृत अनुसन्धान जारी छ ।’
उनीहरुमध्ये एक जनामा पोजेटिभ देखियो भन्ने रिपोट पछि थप परीक्षणका लागि पठाइएको पनि प्रजिअ निरौलाले पुष्टि गरेका छन् ।