८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यक्षेत्र नजाने जिल्ला समन्वय अधिकारी र प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र हाजिर गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । सरकारले स्थानीय तहमा अनुपस्थित प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र पुगेर हाजिर गर्न निर्देशन दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सरुवा भएको लामो समयसम्म पनि तोकिएका स्थानीय तहमा नपुगेका प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको हो ।

‘प्रत्यक्ष रूपमा जनतालार्य सेवा सुविधा उपलब्ध गराउनु पर्ने, स्वास्थ्य तथा राहत सामाग्री खरिद तथा वितरण गर्नुपर्ने समयमा पनि केही जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी तथा केही स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू कार्यालयमा अनुपस्थित भएको भन्ने गुनासो सुनिएको छ’, निर्देशनमा भनिएको छ, ‘यो विशेष परिस्थितिमा कार्यक्षेत्र भन्दा बाहिर रहेका कर्मचारीले सवारी साधनको पासको व्यवस्था गरी यथाशीघ्र आ आफ्नो कार्यालयमा हाजिर हुन जान २०७७/०१/०४ को निर्णय अनुसार अनुरोध छ ।’

मन्त्रालयले लकडाउनअघि नै केही स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो ।

अहिले करिब १५ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू अनुपस्थित छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहलाई राहत वितरणमा समन्वय गर्न र बैङ्क खातामा रहेको बजेट परिचालन गर्न समस्या परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस