काठमाडौँ । इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ ।
बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्यापिड डाइग्नोस्टिक टेष्ट(आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेसँगै आफैं जाँच गराउन आइपुगेकी उनको पीसीआर विधिबाट परीक्षण भने हुन बाँकी छ ।
चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।
बुधबार भएको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।