२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चट्याङ लागेर दुईको मृत्यु, नौँ घाइते, पाँच गम्भीर

अ+ अ-

खोटाङ । चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु भएको हो ।

घाइते हुनेमा मृतक निर्मलाको १४ वर्षीया छोरी मनकला, छ वर्षीय छोरा आसन विश्वकर्मा, स्थानीय ४५ वर्षीय धनिराम राई, १८ वर्षीया मनिषा विश्वकर्मा र ३८ वर्षीया मनकुमारी राई गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेमा आठ वर्षीया शुष्मा राई, ४७ वर्षीया कमलकुमारी राई, ३८ वर्षीया विर्षिका राई र ६५ वर्षीया कृष्णमाया राई रहेका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए । गम्भीर घाइते मनकलाको खुट्टामा र आसनको टाउ तथा घाँटीमा चोट लागेको प्रहरी जनाएको छ ।

स्थानीय पर्खजीत राईको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । पर्खजीतको घरमा जडान गरिएको विजुलीको पावरसकेटमा चट्याङ परेपछि गाउँभरी करेण्ट प्रवाह भएको थियो । घाइते हुने अधिकांशलाई विद्युत्को झड्का लागेको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगत्तै गाउँपालिका प्रमुख राईले स्वास्थ्यकर्मी र प्रहरीसहितको टोली लगेर उद्दार गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस