५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा २१३ जनामा र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

अ+ अ-

डोटी । डोटीमा दुई सय १३ जनामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट(आरडीटी) गरिएको छ । र्‍यापिड टेस्ट गरिएका सबै व्यक्तिहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले दिएको जानकारी अनुसार शुक्रबार डोटीका बोगटान फुड्सिल, सायल, आदर्श र बडीकेदार गाउँपालिकाका २१३ जनाको टेस्ट गरिएको हो । जसमध्ये २२ जना महिला र १९१ जना पुरुष रहेका छन् ।

आदर्शमा दुई महिला सहित २५, बडीकेदारमा एक महिला सहित ६३, सायलमा पाँच महिलासहित २५ र बोगटान फुड्सिलमा १४ महिला सहित एक सय जनामा उक्त परीक्षण गरिएको मलासीले जानकारी दिए ।

‘सुदूरपश्चिमप्रदेश स्वास्थ्य निर्देशनालयले हामीलाई र्‍यापिड टेस्ट गर्नका लागि दुई सय ८० वटा किट पठाएको थियो,’ मलासीले भने, ‘सोहीअनुसार हामीले टेस्ट गरेका हौं ।’ थप परीक्षण शनिबार गरिने मलासीले बताए ।

परीक्षणका क्रममा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिनु डोटी र मुलुककै लागि खुशीको कुरा भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनले भने ‘थप सावधानीअपनाएर सबै सुरक्षित हुन म आम डोटीबासीलाई अनुरोध गर्दछु ।’

बिभिन्न मितिमा नेपाल भित्रै र बाह्य मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिएको मलासीले बताए । उनले थपे ‘अब होम क्वारेन्टाइनमा बसेकाहरुको पनि परीक्षण गर्ने तयारी छ । ’होम क्वारेन्टाइनमा बसेकाहरुको तथ्यांक उपलब्ध गराउन सबै स्थानीय तहका स्वास्थ्य इकाइलाई पत्राचार गरिसकिएको मलासीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस