२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य प्रमुखले काम गर्न सक्दैन भनेपछि प्रजिअले भने कारबाही गर्छु

अ+ अ-

डोल्पा । जिल्ला अस्पताल डोल्पाका डाक्टरसहित स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। स्वास्थ्य सेवा प्रमुखलाई थुनामा राख्न खोजेको भन्दै सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।

जिल्ला विपत् व्यवस्थापनको बैठकमा छलफलकै क्रममा स्वास्थ्य सेवा प्रमुखलाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कामबाट पन्छिन खोजेको भन्दै हिरासतमा राख्न भनेपछि स्वास्थ्यका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला प्रशासनको नेतृत्वमा सदरमुकाममा थप क्यारेन्टिन र कम्तीमा पनि ३० शैयाको विशेष व्यवस्थापनसहितको आइसोलेशन निर्माण गर्न कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका थिए ।

सोही अनुसार व्यवस्थापनका लागि बसेको विपत् व्यवस्थापन समितिको बैठकमा स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले काम गर्न सक्दैन र मलाई कारबाही गरे हुन्छ भन्दै बाहिरिएपछि आफूले कारबाही गर्नका लागि आदेश दिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

प्रजिअ सुनारले भने, ‘स्वास्थ्य सेवा प्रमुखले सङ्कटको समयमा काम गर्न सक्दैन भनेर पन्छिन पाउँदैन । एक जिम्मेवार कर्मचारीले गैर जिम्मेवार कुरा गर्न पाउँदैन। जिल्लाका नागरिकको हितविपरित काम गरेकाले कारबाही हुन्छ ।’

अहिले जिल्लामा दुई बेडको आइशोलेसन कक्ष मात्रै छ । ‘बारम्बार स्वास्थ्य सेवाका विषयमा कुरा गर्दा विभिन्न बहाना बनाएर पन्छिने गरेको र अहिले गैर जिम्मेवार कुरा गरेकाले कारबाही गर्ने भनेकै हो, कारबाही हुन्छ,’ प्रजिअ सुनारले भने।

तर यता स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले भने आइशोलेसनको सबै व्यवस्थापन आफूलाई गर्नु भनेपछि आफूले त्यो काम सबै गर्न नसक्ने भनेको बताएका छन्।

रावलले भने,’घर व्यवस्थापनदेखि अन्य सबै कुरा हामीलाई गर्नुपर्छ भनेपछि ती सबै काम एक्लै गर्न सक्दैन भनेको हो।’

यसरी प्रशासन र स्थानीय तहको सहयोगबिना काम गर्न नसक्ने भन्दै सबै कर्मचारी आन्दोलनमा उत्रिएको बताएका छन्। स्वास्थ्य सेवा प्रमुखलाई किन थुनामा राख्ने, हामीले ज्यानको बाजी मारेर काम गरेका छौँ, उल्टै स्वास्थ्यकर्मीमाथि कारबाही हुने, डाक्टर मेलिना हमालले भनिन्,’बाध्य भएर आपतकालिन कक्ष बाहेक अन्य सबै फाट बन्द गरेर आन्दोलित हुनु परेको हो।’

आफूलाई बैठकबाटै हिरासतमा पाँच मिनेट थुनामा राखेको र आफूसँग गएका अन्य दुई जना डाक्टरलाई समेत अवहेलना गरेकाले ज्यान जोखिममा राखेर काम गर्न नसक्ने स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताएका छन्।

प्रतिक्रिया दिनुहोस