३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवश्यक ढुवानीका साधन संचालनमा ल्याइने

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो।

भारतको कोलकत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान मुलुक भित्र्याउने, खाद्य सामाग्री बोकेका ढुवानीको सामान रोकिएको भन्सार विन्दुदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्ने, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई सडकमार्गबाट ल्याउँदा पुर्ण सुरक्षाका साथ ल्याउने र सम्बन्धित देशमा पठाउन प्रयास गर्ने तथा कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्‍याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए।

समितिले कोलकोत्ताबाट नेपालको भन्सार विन्दुसम्म आएर अड्किएका सामान आवश्यक कागज बनाई छुटाउनुका साथै ती सामानहरु उपभोक्ता सम्म पुर्‍याउने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न व्यवसायीलाई आव्हान गरेको छ।

समितिले शुक्रबार सबै प्रदेशका मुख्य मन्त्रीसँग कोरोना भाइरसको संक्रमणसंग जुध्नका लागि गरिएका प्रयास बारे पनि जानकारी लिएको छ । प्रदेशका मुख्यमन्त्रीहरुले स्वास्थ्य सामाग्री र उपकरणको अभाव वर्तमान संकटका कारण भविश्यमा आइपर्न सक्ने वित्तिय दायित्वको समस्यालाई सम्बोधन केन्द्र सरकारसंग माग गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस