६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधा दर्जन सचिवको सरुवा, एकको बढुवा सहित पदस्थापन, एकलाई कामू

अ+ अ-

काठमाडौँ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ । एक जना सहसचिवलाई सचिवमा बढुवासहित पदस्थापन गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौँ महानगरपालिकामा पदस्थापन गरेको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिलाका चन्द्र घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिउको छ ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई कायम मुकायम राजश्व सचिव बनाउने निर्णय गरेको छ ।

मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीले आइतबार साँझ आकस्मिक रूपमा मन्त्रिपरिषदको बैठक बोलाएका थिए। बैठक प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस