२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा ऐनबारे समिति र मन्त्री बिच अनौपचारिक छलफल हुँदै

अ+ अ-

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनबारे पुनः छलफल सुरु हुँदै छ ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीबिच अनौपचारिक छलफल हुने भएको प्रशासन स्रोतले जानकारी दिएको छ ।

तीन दिनको समय मागेका मन्त्री व्यस्त भएको जनाउँदै समितिमा उपस्थित हुन नसकेपछि ऐनबारे समितिमा छलफल रोकिएको थियो ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयकमाथि धेरै पहिले नै दफावार छलफल सकिई केही विषय मात्र टुङ्गोमा लगाउन बाँकी रहेको भए पनि टुंगिसकेका विषयमा समितिका सदस्यहरूले पुनः अनेक तर्क उठाउने र मन्त्रीको छुट्टै अडान भएपछि मस्यौदा केही महिनै छलफल नै नभई थन्किएको थियो ।

माउ ऐन नबन्दा सङ्घ मात्रै होइन, प्रदेश र स्थानीय तह नै बन्धक बन्ने अवस्था आएको भन्दै कर्मचारीलगायत राजनीतिक क्षेत्रबाटसमेत चर्को आलोचना हुँदै आएको छ । यसैबिच पुनः थालिएको छलफल तथा परामर्शबाट निकास निस्कने विश्वास कर्मचारीको छ ।

संघीय निजामती सेवा ऐनबारे राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठको विशेष कुराकानी आज(शुक्रवार) १० बजे प्रशासन डटकममा प्रकाशित हुँदैछ ।

प्रतिक्रिया दिनुहोस