२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोखको दुर्भाग्य

अ+ अ-

मानिसलाई कुनै दिन, समय, विषय र परिस्थितिले अचम्मको अवस्थामा ल्याई पुर्‍याउने रहेछ । केही दिनदेखि असह्य पीडा र वेदना भएको छ । कोखमा नौ महिनासम्म राखेर अनेक समस्यासँग जुझ्दै जन्माएको छोरा पुरुष भएकोमा । किनकि यो समाज त पुरुषहरूको मात्र रहेछ । महिलाको हैसियत भनेको सधैँ दोस्रो दर्जाको नै रहेछ । महिलाको कोखमा नौ महिना बसेर जन्मेको जसलाई हुर्काउन आफ्नो करियरदेखि लिएर जीवनको सारा खुसीको आहुति दिएकी हुन्छे, त्यही बच्चो रूपी पुरुषले आफ्नो पुरुषार्थको दम्भमा अपमान गर्दाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । यदि परिवारमा एउटी ममतामयी आमाको साथ नहुँदो हो त त्यो परिवार नभएर शमशान घाट बन्न पुग्दथ्यो होला भन्दा अत्युक्ति नहोला । आमाको ममतामयी छहारीमा कुनै पनि आँच आउन नदिएर हुर्काएको बच्चा जब पुरुष रूपी आकृतिमा परिणत हुन्छ तब उ महिलालाई दोस्रो दर्जाको ठान्छ । आमा पनि केही नजान्ने गँवार लाग्न थाल्छ उसलाई । आफू जस्ता पुरुषहरूलाई मात्र योग्य एवं सक्षम ठान्न थाल्छ । धेरैजसो परिवारमा यस्ता पुरुषहरू निस्कन थालेका छन् जसलाई हुर्काउनमा हरेक महिलाको सपना तुहिएको हुन्छ, केही महिलाहरूले त आफ्नो ज्यानदेखि रुपरंगको समेत बलिदान दिएका छन् । तर विडम्बना त्यही पुरुषबाट आमा र महिलाको बारम्बार अपमान हुन थालेको छ । अनि कसरी त्यो परिवार, समाज र राष्ट्रको उन्नति हुन सक्छ जहाँ महिलाको आँखामा अपमानको ज्वारभाटा उर्लिरहेको हुन्छ । समान जोस जाँगर, योग्यता, क्षमता, ल्याकत हुँदाहुँदै पनि महिला भएको कारण विभेदपूर्ण व्यवहारको सामना गर्नुपर्ने हुन्छ ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने घोषणासहित महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुन पाउने हक लगायतका मौलिक हकको प्रत्याभूति गरेको छ तर पनि व्यवहारमा महिला पीडित छन् । व्यक्तिले गरेका हिंसाबाट महिलाले न्याय पाउन विभिन्न सरकारी निकाय छन् । ऐन, कानुन, कार्यविधि एवं संयन्त्र छन् तर शून्य सहनशीलताको नीति लिएको राज्यले नै महिलालाई अपमान गर्छ भने त्यसको न्याय काँहाबाट पाउने हो ? आज एउटी शिक्षित महिला आफ्नो राज्यबाट लैङ्गिक हिंसामा परेकी छन् । यो भन्दा भयानक पीडा सायदै अरू कुनै होला जब कुनै छोरी आफ्नै बाबुबाट शोषित हुन्छे । विडम्बनाका साथ भन्नै पर्छ, एउटा पुरुषले गरेको गल्तीको सिकार महिलालाई बनाईदैछ । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा र शोषणको अन्त्यका लागि सरकारबाट चालिएका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा महिलामाथि हुने हिंसा बारम्बार भइरहेका छन् ।

वल्र्ड इकोनोमिक फोरमको सन् २०१९ को प्रतिवेदनले लैङ्गिक समानता ल्याउन विश्वलाई एक सय आठ वर्ष र नेपाल जस्ता एसिया प्रशान्त क्षेत्रका मुलुकलाई एक सय एकहत्तर वर्ष लाग्ने अनुमान गरेबाट पनि विश्वभरिका महिलाले सामाजिक विभेद एवं असमानता खेप्नु परेको तथ्य प्रमाणित हुन्छ ।

झट्ट हेर्दा महिलाहरू सहजै उच्च तहमा पुगेको देखिएता पनि थुप्रै हण्डर, ठक्कर खाएर मात्र पुगेका छन् । पारिवारिक, व्यावसायिक एवं राजनीतिक जीवनमा महिलाहरूको सङ्घर्ष त्यति सहज छैन । सामाजिक सोच, परम्परा, परिवारको रेखदेखदेखि बच्चा जन्माउने, हुर्काउनेसम्मका जिम्मेवारीको बोझले महिलाहरूलाई सधैँ थिचिरहेको हुन्छ । त्यस्तै महिलाको शारीरिक एवं मानसिक अवस्थाले पनि नजानिँदो किसिमले वृत्ति विकासमा नकारात्मक असर पुर्‍याइरहेको छ । समाजको मान्यता, धारणा, आचरण, मानसिकता, विश्वाससँग सार्वजनिक विषयहरू जोडिएको हुन्छ र त्यसको प्रभाव महिलाको राजनीतिक एवं व्यावसायिक जीवनमा समेत पर्छ । व्यावसायिक एवं राजनीतिक करियर सफल हुन अनौपचारिक सम्बन्धले पनि ठुलो भूमिका खेलेको हुन्छ । यस्ता सम्बन्ध महिलाहरूले कमै बनाउने गरेको पाइन्छ भने पुरुषहरूको ठुलो नेक्सस हुन्छ, जसले उनीहरूको करियरमा नदेखिने अदृश्य तरिकाले वृत्ति शृङ्खला चढ्न मद्दत पुर्‍याइरहेको हुन्छ । विशेष गरी सहायक स्तरका काममा महिलाहरूलाई बढी विश्वास गरिन्छ । तर, चुनौतीपूर्ण एवं नेतृत्व लिने काममा भने महिलाहरूले अवसर पाउन निकै पापड बेल्नुपर्ने अवस्था छ । प्राय सबै सार्वजनिक पदमा पुरुषहरूको बाहुल्यता रहेको नेपाली समाजमा महिलाको नेतृत्व सहज रूपमा स्वीकार गर्न नसक्ने सामाजिक अवस्था यद्यपि छँदै छ जुन अहिले हाम्री नेतृ उपसभामुखले भोगी रहेकी छन् ।

हाम्रो समाजले पुरुषलाई उच्च दर्जा र महिलालाई सहायक स्तरमा राखेकै कारण महिलाले व्यावसायिक एवं राजनीतिक जीवनमा आफ्नो क्षमता, ल्याकत एवं नेतृत्व कौशलको बारम्बार प्रमाणित लागिरहनुपर्छ । महत्त्वपूर्ण, नवीन र चुनौतीपूर्ण कामहरू पुरुषले गर्दा सामान्य रूपमा लिइन्छ भने त्यही काम महिलाले गर्दा सूक्ष्म र मिहिन तरिकाले नियालिन्छ । पुरुष सफल नहुँदा खासै चर्चा चल्दैन । तर, महिला असफल भएमा ठुलो चर्चा, परिचर्चा एवं टीका टिप्पणी हुन सुरु हुन्छ । शक्तिशाली एवं उच्च तहमा रहेका पुरुषहरू सबै सफल हुन सकेका छैनन् । हामीले देखिरहेका छौँ कुनै हैसियत र ल्याकत नभएका पुरुषले उच्च तहको सार्वजनिक पद ओगटेर बसिरहेका छन् । तर, उनीहरू माथि औला कमै उठेको देखिन्छ किनकि ऊ पुरुष हो । एकाध महिला उच्च तहमा पुगे भने उनीहरूको सानो त्रुटिलाई बढाइचढाई गरी तिलको पहाड बनाउने प्रयास सुरु हुन्छ । पदभन्दा पनि महिलाबाट उसको कामको चर्चा/परिचर्चा चल्न सुरु हुन्छ । महिलाले गर्ने निर्णय माथि सदैव प्रश्न चिन्ह खडा गरिन्छ, जुन निर्णय चित्त नबुझेर होइन निर्णय गर्ने व्यक्ति महिला भएर उठेको हो । यसो भन्दैमा महिला जति सबै सक्षम छन् भन्न खोजेको होइन । निर्णायक तहमा पुगेका सबै महिला सफल हुन सकेका छैनन् । तर, महिलाको निर्णायात्मक तहमा पुग्ने बाटो साँघुरो बनाईएकोछ भन्न मात्र खोजेको हो ।

वास्तवमा महिला र पुरुषबिचको सहकार्यबिना कुनै पनि राष्ट्रको सन्तुलित एवं समानुपातिक विकास हुन सक्दैन । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ, जसमध्ये एक करोड ३६ लाख ४५ हजार चार सय ३३ महिला छन् । आधा आकाश ढाकेका महिलालाई निर्णायक तहमा जानबाट वञ्चित गराई मुलुकले आर्थिक समृद्धि कदापि हासिल गर्न सक्दैन ।

वास्तवमा समाजमा प्रचलित मूल्य, मान्यता, संस्कार तथा संस्कृतिले महिला र पुरुषको भूमिकालाई प्रभाव पारेको हुन्छ । विश्वभर नै महिला पुरुष समविकासको अवधारणाले प्राथमिकता पाएको सन्दर्भमा नेपालले पनि यसलाई आत्मसात् गरेको छ तर व्यवहारमा कार्यान्वयन गर्न ढिलाइ नगर्दे आर्थिक, सामाजिक, राजनीतिक तीनै क्षेत्रमा पुरुष सरह महिलाको अर्थपूर्ण सहभागितालाई सार्थक तुल्याउन क्षमतावान् महिलालाई गरिमामय पदमा आसीन हुनबाट रोक्ने दुःशाहस कहीँ, कतै र कसैबाट नगरौँ ।

आजको एक्काइसौँ शताब्दीमा महिलालाई समाजद्वारा निर्धारित घरायसी कार्यबाट छुटकारा दिँदै सार्वजनिक रोजगारमा सहयोग पुर्‍याउने वा आर्थिक रूपमा सबल हुन सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । महिलाको अर्थपूर्ण सहभागिताबाट मात्र संविधानले कल्पना गरेको समतामूलक अग्रगामी समाजको निर्माण हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस