४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीका नगर प्रमुखलाई दक्षिण कोरियामा मानार्थ ब्ल्याक बेल्ट

अ+ अ-

दक्षिण कोरिया । धनगढी उप महानगर पालिकाका नगर प्रमुख नृप वड र सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष दीपक थापालाई दक्षिण कोरियामा मानार्थ ब्ल्याक बेल्टसहित सम्मान गरेको छ ।

दक्षिण कोरियाको भ्रमणमा रहेका वड र थापालाई शुक्रवार धेँगु स्पोर्टस काउन्सिलले एक कार्यक्रमकाबीच मानार्थ ब्ल्याक बेल्ट उपाधिसहित सम्मान गरेको हो।
कार्यक्रममा धेँगुले सुदूरपश्चिम र धनगढीको तेक्वान्दोमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको तेक्वान्दो सङ्घका अध्यक्ष दीपक थापाले बताए ।

‘मार्सल आर्ट्समा दक्षिण कोरियाले छुट्टै वर्चस्व बनाएको छ,’ थापाले भने, ‘यहाँको ज्ञान, सीप र प्राविधिक कुराहरूसहित सुदूरपश्चिमको तेक्वान्दो विकासमा सहयोग गर्ने उहाँहरूले प्रतिबद्धता जनाउनु भएको छ। त्यसले सुदूरको मात्रै नभएर नेपाली तेक्वान्दोमै ठुलो फरक पार्ने विश्वास हामीले लिएका छौँ।’

यसैबिच सुदूरपश्चिमको तेक्वान्दो विकासमा सहयोग जुटाउने उद्देश्यले नेपाली टोलीले शुक्रवारै कोरियाको तेक्वान्दो प्रमोसन फाउन्डेसनको पनि भ्रमण गरेको छ। फाउन्डेसनका अध्यक्ष ली साङ हुकले नेपाली टोलीलाई स्वागत गरेका थिए ।

फाउन्डेसनसँग सुदूरपश्चिम तेक्वान्दो विकासका लागि सहकार्यका लागि एमओयू गरिने कुराकानी अघि बढेको थापाले बताए।

नगरप्रमुख वड, अध्यक्ष थापा, कैलाली जिल्ला फुटबल सङ्घका अध्यक्ष मोहित शाह तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीको टोलीले मोजु तेक्वान्दो भिलेजको समेत अवलोकन गरेको छ।

यसअघि टोलीले काङगोन विश्वविद्यालयका अध्यक्ष तथा प्राध्यापकहरूसँगै शैक्षिक मामिला विभागका प्रमुख काङ् सुक बुक, शारीरिक शिक्षा विभागका प्रमुख साङ् बुक पार्कसँग समेत भेटघाट गरेका थिए। सोही क्रममा टोलीले रोटरी ईन्टरनशनल डिष्ट्रिक गभर्नर डाक्टर साङ्सो किमसँग समेत भेटघाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस