६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसक्यो : मुख्यमन्त्री पोखरेल

अ+ अ-

राँझा ।   प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसकेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश ५ समितिले बाँकेको गाभरभ्यालीमा आज आयोजना गरेको पर्यटन प्रवर्द्धनमा सञ्चारको भूमिका अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सो विचार व्यक्त गरेका हुन् ।

उनले अहिलेको अवस्था निराशाजनक हुँदै होइन भन्दै हाम्रो सोच मात्रै निराशाजनक भएको हो भने । ‘विगतमा मुलुकको कूल गार्हस्थ्य उत्पादनको वृद्धि दर औसतमा ४ प्रतिशतभन्दा तल थियो, संविधान जारी भइसकेपछि गार्हस्थ्य उत्पादनको औसत वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तर, समाजलाई हामी यो पनि भएन त्यो पनि भएन भनेका छौँ ।’ उनले सरकारले राम्रा काम गर्दागर्दै पनि नकारात्मक कुरा मात्रै गर्ने प्रवृति हाबी भएको उल्लेख गरे।

प्रदेश ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने विषयमा अग्रणी रहेको उल्लेख गर्दै उनले कूल गार्हस्थ्य उत्पादन वृद्धि दरका हिसाबले नेपालमा प्रदेश ५ सबैभन्दा माथि रहेको दाबी गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश ५ को कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ७ दशमलव ७ छ यो उच्चतम वृद्धि दर हो, सबै मिलेर अघि बढ्यौँ भने हामी उदाहरणीय बन्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस