१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समुदायको चासो भएमा सामुदायिक विद्यालयको विकास हुन्छ : नेता नेपाल

अ+ अ-

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक गुणस्तर विकासका लागि शिक्षकको भूमिका ठूलो हुने बताउँदै उनीहरुलाई आफ्नो कर्तव्यप्रति चनाखो हुन आग्रह गरेका छन् ।

गुह्येश्वरी मावि, कामपा–९, सिनामङ्गलद्वारा आज आयोजित दशैँतिहार शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले समुदायको चासो भएमा मात्र सामुदायिक विद्यालयको विकास हुने कुरा गुहेश्वरी माविको प्रगतिबाट आफूले थाहा भएको बताए ।

आव २०७५/७६मा सो माविको व्यवस्थापन काठमाडौँ महानगरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट घोषित भई व्यवस्थापन समितिका अध्यक्ष डिपी अर्याल हालै सम्मानित भएका छन् । सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले उक्त विद्यालयको भौतिक सुधारका लागि सांसद विकास कोषबाट रु ३० लाख दिने घोषणा गरे ।

कार्यक्रममा नेपाल नागरिक समाज र ट्रान्सपरेन्सी इण्टरनेशनल नेपाल शाखाका अध्यक्ष खेमराज रेग्मीले सो सामुदायिक विद्यालयको शैक्षिक र भौतिक प्रगति सन्तोषजनक रहेको आफूले नजीकैबाट पाएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले शिक्षकहरु आफ्नो कर्तव्यप्रति बढी नै सचेत हुनुपर्ने बताउँदै आगामी दिनमा मुलुककै नमुना सामुदायिक विद्यालय बनाइने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा नेपाली काँग्रेसका युवा नेता उपेन्द्र कार्की, कामपा–९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठ, प्रधानाध्यापक मेघबहादुर बञ्जारालगायतले सामुदायिक विद्यालयको गुणस्तरबारे मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयमा दीर्घ सेवा गरेका शिक्षक दुर्गा जोशी र करुणा आचार्यलाई सम्मान गरिएको थियो भने अतिरिक्त क्रियाकलापका विजेतालाई समाजसेवी बद्री आचार्यद्वारा स्थापित रु तीन लाखको अक्षयकोषबाट प्राप्त ब्याजबाट पुरस्कार वितरण गरिएको थियो । इसिडीदेखि दश जोड दुईसम्म अध्ययनअध्यापन हुने सो विद्यालयमा ५२ शिक्षक र एक हजार २५० विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा आकर्षक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस