२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्कटमा पर्दै पानीघट्ट बनाउने व्यवसाय

अ+ अ-

सल्यान । सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट वनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बनेका छन् । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा छन् ।

घर नजीकैको ढुङ्गेखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने नरबहादुर मुश्किलले महिनामा दुईचार दिन मात्रै खानीमा आउछन् । सल्यान, रोल्पा, रुकुम र जाजरकोटबाट समेत पानीघट्ट लिन आउनेहरु अहिले घटेका छन् । गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानीघट्ट सङ्कटमा परेसँंगै घट्ट निर्माण पेशा पनि सङ्कटमा पर्न थालेको छ ।

बितेका तीनचार वर्षदेखि पानीघट्ट किन्ने मानिसहरु निकै कम आउने गरेको पुने बताउछन् ।’मैले १६ वर्षको उमेरदेखि घट्ट बनाउन शुरु गरे त्यतिबेला एकजोडा घट्टको मूल्य ८ हजार रुपैयाँ थियो, काम पनि त्यत्तिकै आउँथ्यो, हामी २५ जनाले एउटै खानीमा काम गर्दा भ्याइनभ्याइ थियो अहिले छ महिनामा एकजोडा पनि बिक्री हुँदैन’, पुनेले भने ।

घट्ट बनाएरै आफ्ना छोराछोरीको पढाइ तथा खर्च टार्दै आएका नरबहादुर पनि घट्ट व्यवसाय सङ्कटमा परेपछि चिन्तित छन् । ‘ कुनै बेला काममा भ्याइ नभ्याइ भयो, छोराहरुलाई पनि यही काममा लगाएँ तर अहिले पेशा मात्रै सङ्कटमा परेन, परिवारको आम्दानी पनि बन्द भयो ‘, नरबहादुरले भने ।

फलाटेमा तीन ठाउँमा पानीघट्टको खानी रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले पनि चासो नदिएको खानी मजदूरको गुनासो छ । ‘यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको माग पनि बढी नै थियो, न प्रचारप्रसार भयो न सरकारी निकायले कुनै चासो दियो ।’ स्थानीयवासी पूर्णबहादुर रेउलेले भने ।

उनका अनुसार खानीबाट रु तीन करोड बढीका घट्ट बिक्री भइसकेको छ । अहिले एक जोडा घट्टको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने पूर्णबहादुर रेउलेको भनाइ छ । ‘एक जोडा घट्ट निर्माण गर्न चारदेखि छ दिनसम्म लाग्छ तर अहिले पेशा सङ्कटमा परेपछि मानिस भारत तथा अन्य देशमा पलायन हुन थालेका छन्’, पूर्णबहादुरले भने ।

पानी घट्ट निर्माण व्यवसाय प्रचारप्रसार तथा व्यवस्थित गर्न सके गाउँमै स्वरोजगारको गतिलो माध्यम बन्न सक्ने भए पनि गाउँपालिकाले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । गाउँपालिकाले खानी व्यवस्थित गर्नका लागि माग नआएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए । ‘कुनै बेला मैले पनि घट्ट बनाउने काम गरेको हुँ, समस्या छ तर पनि के गर्ने भन्ने माग नै आएको छैन’, अध्यक्ष चलाउनेले भने ।

उनीहरुले माग गर्न आएमा गाउँपालिका सहयोग गर्न तयार रहेको उनको भनाइ छ । ‘यहाँ पानी घट्ट बनाउने २५ जना छन् उनीहरुले यसलाई व्यवस्थित गर्नका लागि ठोस योजनासहित माग गर्न आए भने हामी सहयोग गर्न तयार छौं’, अध्यक्ष चलाउनेले भने । जलवायु परिवर्तनका कारण पानीका मुहान सुकेपछि घट्टसमेत कम हुँदै गएकाले माग घटेको हुन सक्ने अध्यक्षको भनाइ छ । ‘विभिन्न कारणले पानी घट्टको माग कम भएको हुन सक्छ, यसलाई बुझेर गाउँपालिकाले पनि योजना बनाउँछ’, अध्यक्ष चलाउनेले भने ।रासस

प्रतिक्रिया दिनुहोस