१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीजको बदलिँदो आयाम

अ+ अ-

नेपाली महिला समुदाय यति बेला तीज पर्व मनाउने तरखरमा छ । प्राचीन कालमा हिन्दु महिलाले मनाउने तीज समाजको आधुनिकीकरण सँगै आम महिलाको चाडको आकारमा विकास हुँदैछ । अर्थ राजनीतिक र सांस्कृतिक दुवै आयामले यसलाई हिन्दु महिलाबाट आम महिलाको चाडमा रूपान्तरण गर्दै लगेको छ । हुन त समाजमा चाड–पर्वहरूका मौलिक विशेषता हुन्छन् । तिनले संस्कृतिको माध्यमबाट परिवार, आफन्त र स्वजनहरुलाई जोड्ने गर्छन् । चाडको मानवीय आयाम पनि छ । परस्परमा प्रेम, ममता, भ्रातृत्व, आदर, सम्मान जागृत गरी विभाजित मनलाई जोड्नु यसको मानवीय आयाम हो । यस दृष्टिले तीज नेपाली समाजको लैङ्गिक समभाव र वैवाहिक पारिवारिक एकताको कडी बन्न पुगेको छ । वैवाहिक जीवनमा प्रवेश गरेपछि जन्मघरबाट कर्म घरमा जोडिएकी महिलालाई माइतीको परिवारसँग जोड्नु तीजको सामाजिक विशेषता हो ।

भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म चार दिन मनाइने यो चाँडमा भगवान् शिवको आराधना गरिन्छ । तृतीयाको दिन महिलाहरू रातो पहिरनमा सजिएर वर्ष दिनसम्म आफूले भोगेका भोगाइहरू गीत मार्फत अभिव्यक्त गर्छन् । समाजको आधुनिकीकरण सँगै तीजमा गाइने गीतका प्रकृति फेरिएका छन् । समाज पूर्ण रूपमा कृषिमा निर्भर रहँदा हिजो विवाहित चेलीहरू माइती जान नपाएको, वर्षदिनसम्म खेतीपातीको काममा व्यस्त हुँदा माइती भेट्न, मिठो खान नपाएको जस्ता गुनासाहरू तीज गीतमा हुन्थे । तर, अहिले समाज वाणिज्य व्यापार र अन्य पेसागत जीवनमा पनि प्रवेश गरेको छ । समाजको व्यावसायिक रूप बदलिँदा तीजका गीतहरू पनि फेरिएका छन् ।

चाडको पहिलो दिन द्वितीयामा बिहानै देखि आफ्ना माइतीमा बनाएका मिठा मिठा परिकार खाइन्छ । यसलाई दर खाने भनिन्छ । भोलिपल्ट तृतीयाको दिन शिवको आराधना गर्दै व्रत बस्ने प्रचलन रहेको छ । हिन्दु धर्म संस्कार अनुसार महिलाको रजस्वला हुनु पूर्व कन्यादान गरिदिए धर्म कमाइने र मोक्ष पाइन्छ भन्ने विश्वास छ । सानै उमेरमा विवाह गरी छोरीलाई कर्म घर पठाउने प्रचलन हाम्रो समाजमा केही दशक अगाडी सम्म थियो । छोरीलाई कर्म घर पठाउँदा जस्तोसुकै समस्या परे पनि घर छोड्नु हुन्न, बाहिर जान हुन्न, आफू भन्दा ठुला वडालाई बचन फर्काउन हुन्न, हाँस्दा मुख छोपेर हाँस्नु पर्छ आदि जस्ता उपदेश दिएर पठाइन्थ्यो ।

पारिवारिक जीवनमा महिला मात्रै कर्तव्य परायण हुनुपर्ने एकपक्षीय संस्कार भने अहिले हट्दै गएको छ । जन्मघर छोडेर पराई घर जाने अबोध बालिकाले परिवारको बुहार्तन र कतिपय अवस्थामा पतिले गर्ने दुर्व्यवहार मनमा गाँठो पारेर बस्नु पर्ने अवस्था थियो । त्यसैले प्राचीन समाजमा तीजले पारिवारिक बुहार्तन र दुर्व्यवहारलाई गीत मार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्दै आएको थियो । वैयक्तिक जीवनमा भोगेको पीडा पोख्ने चौतारी झैँ थियो त्यसवेलाको तीज पर्व । खुलेर बोल्न कि त रत्यौली कि त तीज नै पर्खनु पर्ने अवस्था थियो । रात्रिकालीन विवाह हुन छाडेपछि रत्यौलीले आफ्नो स्थान लिन सकेन । समाजको बदलिँदो परिस्थिति सँगै तीजले केही परिवर्तित रूपमा आफ्नो स्थान अहिलेसम्म लिएको पाइन्छ ।

त्यस बेला तीजमा गाइने बढी जसो गीतहरूले महिलाका वेदना यसरी व्यक्त गर्थे-

वर्ष दिनको तीजमा बाबा लिन आउनु भो,
सासू र ससुराले बचन लाउनु भो ।।
शिर्मा लाउने शिरफूल सन्दुकमा राखुँला,
यो मनको विरह के मा राखुँला ।।

अहिले समाजमा महिलाको स्थान बदलिएसँगै तीज गीतमा पनि परिवर्तन आएको छ । हिजो ढिकी, जाँतो चुलो चौको र मझेरीमा सीमित महिला आजभोलि विभिन्न सङ्घसंस्थाहरूका माथिल्ला पद र नीति निर्माणका विभिन्न तहमा पुगेका छन् । महिलाका पक्षमा विभिन्न ऐन, कानुनहरू निर्माण भएका छन् । महिला हक, अधिकारका विषयसँग सम्बन्धित भएर खुलेका सरकारी तथा गैर सरकारी सङ्घसंस्थाहरू आवाज बुलन्द गर्ने माध्यम बनेका छन् ।

आजभोलि तीजपर्ब हिन्दु नारीहरूमा मात्र सीमित रहेको छैन, जुनसुकै धर्म मान्ने समुदायले पनि रमाइलो मान्दै तीज पर्व मनाउन थालेको पाइन्छ । पुरुषहरू पनि तीजका कार्यक्रममा सहभागिता जनाउन थालेका छन् । आजभोलि तीज दुःख बिसाउने चौतारी मात्र नभएर खुसी साट्ने चौतारी पनि बन्न पुगेको छ । जन्मघर कर्म घर हुँदै व्यावसायिक जीवनको विकास तथा देश विदेशका कुना कुनासम्म महिला दिदीबहिनी पुगिरहेको अवस्थामा तीजको शैलीमा परिवर्तन हुनु नौलो कुरा होइन । माइतीघर जान नसकेका सबै महिला दिदी बहिनीहरूलाई समेटिने गरी उचित स्थानमा जमघट भई दुःख सुखका भावहरू व्यक्त गर्ने माध्यम बन्न थालेको छ अहिले तीज पर्व । साथीभाइ रमाइलो गर्दै परिवर्तित समयका पीडा र वेदना, महिला अधिकार माया, प्रेमका रमाइला पक्षहरू पनि अचेल तीज गीतमा समेटिएका छन् । जसले महिलालाई अझ चेतनशील, ऊर्जाशील र सशक्त बनाउन सहयोग पुगेको छ ।

तीजमा निराहार व्रतको सट्टा फलफुल ग्रहण गरी हाँसिखुसी मनोरञ्जन गर्दै व्रत बस्ने चलन पनि सुरु भएको छ । तथापि आधुनिकीकरण सँगै केही केही विकृति र उच्छृङ्खल गीतहरू बजारमा नदेखिएका होइनन् । त्यस्ता विकृति मूलक गीतलाई अबको नयाँ पुस्ताले क्रमशः स्वीकार गर्दै जानु दुःखद हो । यस्तै रुपैयाँ, गहना र पहिरनको अनुचित प्रतिस्पर्धा र मदिराको ज्यादा प्रयोगले तीजको सांस्कृतिक पक्षलाई कमजोर बनाएको छ । दर खाने स्थान परिवर्तन हुनु ठुलो कुरा होइन । तर, दरमा प्रयोग गरिने खाद्यवस्तु र पहिरनको अनुचित प्रतिस्पर्धा भने विकृतिको वाहक बन्न पुगेको छ ।

आजको समाजका महिलाहरू जीवनका हरेक क्षणमा उदाउँदो बिहानी जस्तो सुनौलो बनाउन हरेक प्रयत्नशील छन् । हरेक दिनको झुल्किँदो घाम सँगै उनीहरू घर र कार्यालय दुवै धान्न तम्तयार देखिन्छन् । उनीहरूका ती पाइला आधा आकाश ओगट्ने महिला भएर मात्र होइन समाजको दायित्व र जिम्मेवारी काँधमा बोकेर अघि बढ्नेतर्फ अग्रसर छन् । आजको समयमा महिलाको परिवर्तित जिम्मेवारी अनुकूल बनाउँदै तीज मनाउनु पर्छ । तीजको संस्कृतिमा आएका विकृतिहरूलाई न्यून गर्ने र संस्कृतिको जगेर्ना गर्दै समयानुकूल परिवर्तन गर्ने काम गरेर नै हामी यसलाई उमङ्गमय बनाउन सक्छौँ । आउनुस्, तीजलाई सार्थक सांस्कृतिक अभ्यासका रूपमा अगाडि बढाऔँ ।

प्रतिक्रिया दिनुहोस